Aadikavi Bhanubhakta Campus

Management

( Department of Management)

Management - Overview


समृद्धिका  लागि जनसहभागितामा गुणस्तरीय शिक्षा” मुल नाराका साथ २०४४ सालमा स्थापना भई निरन्तर रूपमा शैक्षिक जनशक्ति उत्पादन गर्दै आएरहेको यस आदिकवि भानुभक्त क्याम्पसमा २०४७  साल देखि ६९ जना विद्यार्थीहरू बाट व्यवस्थापन विषयको प्रवीणता प्रमाणपत्रतहको कक्षा सञ्चालन प्रारम्भ भई स्थानिय विद्यार्थीहरुको उच्च शिक्षको मागलाई मध्यनजर गर्दै २०५५ सालदेखि व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकतहको कक्षा सञ्चालन हुदै आएकोमा २०६९ देखि स्नातकोत्तर तहको समेत कक्षा सञ्चालन भैरहेको छ । यसै क्रममा२०७५ मंसीर बाट क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बिबिए कक्षा पनि सञ्चालन गरेको छ ।साथै यसै वर्ष बाट बिबिए कक्षा बिहान समेत संचालन गर्ने तयारी भइरहेको छ ।  व्यवस्थापन बिषय अध्ययनका लागि बिषेश गरी तनहु, लम्जुङ र गोर्खाका बिद्यार्थीहरुका लागि आदि कवि भानुभक्त क्याम्पस  आकर्षणको केन्द्र बन्दै गएको छ ।  व्यवस्थापन तर्फ वार्षिक परिक्षाको नतिजा आकर्षक प्रतिशत वा जिपीय सहित पास भैरहेका छन्  । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभाग र विभाग अन्तर्गतका प्राध्यापकहरु प्रयत्नशील  रहेको अवस्था छ ।



Department Vision & Mission



Department Programs

Ø सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बनेको भर्ना अभियान समिति अन्तरगत रहि स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको

Ø विविए तथा एम वि ए का विद्यार्थीहरूलाई सेमेष्टर प्रणालीका बारेमा  अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको ।

Ø आन्तरिक परीक्षालाई नियमित र प्रभावकारी बनाई नतिजाको आधारमा छात्र वृत्ति वितरणको व्यवस्था मिलाइएको ।

Ø कक्षागत रुपमा प्रत्येक कक्षामा विद्यार्थी हाजिरी गर्ने व्यवस्था गरिएको 

Ø विविएस चौथो वर्ष र एमविएस चौथो सेमेस्टरका विधार्थीलाई प्रतिवेदन लेखन र शोध पेत्र लेखन सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गरिएको 

Ø विद्यार्थीहरुलाई उत्प्रेरणात्मक , बैंक , वित्तकम्पनी सम्बन्धि  तालिम सञ्चालन गरिएको ।



Faculities