Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

कर्मचारी सङ्घको चौथो अधिवेशन

News & Events Image

Published by: admin

2024-02-28

आदिकवि भानुभक्त क्याम्पसको कर्मचारी सङ्घको चौथो अधिवेशन सम्पन्न भएको छ। संघको अध्यक्षमा लेखा अधिकृत विष्णु रिजाल निर्वाचित भएका छन्। कर्मचारी संघको चौथो अधिवेशन विहिवार क्याम्पस सभाकक्षमा सम्पन्न भएको थियो । अधिवेशन क्याम्पस सञ्चलनक समितिका अध्यक्ष श्री बुद्धिमान श्रेष्ठले उदघाटन गर्नु भएको थियो । उद्‌घाटन सत्र संघका उपाअध्यक्ष अप्सरा थापाको अध्यक्षतामा भएको थियो । उद्‌घाटन कार्यक्रमको सञ्चालन क्याम्पसको प्रशासकीय अधिकृत वसन्ती थापा आले मगरले गर्नु भएको थियो । लेखा अधिकृत विष्णु प्रसाद रिजालले उक्त अवसरमा स्वागत मन्तव्य रिजालले गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र संघका संस्थापक अध्यक्ष सुदिप काफ्लेले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सहायक क्याम्पस प्रमुख सागर पौडेल, आइक्यूएसी प्रमुख विश्वेश्वर तिमल्सेना, प्राध्यापक संघका उपसभापति चिरन्जीवी बस्नेत, स्व.वि.यु. सभापति गौरव पन्थ र कर्मचारीहरुको उपस्थित रहेको थियो । अधिवेशनको बन्द सत्रमा संघको प्रतिवेदन र प्रस्तावहरु माथी छलफल भएको थियो । बन्द सत्र पछि निर्वाचनको प्रक्रिया बारेमा निर्वाचन प्रवन्ध समितिका संयोजक बिमल गिरीले प्रष्ट पार्नु भएको थियो । निर्वाचन प्रबन्ध समिति सदस्यहरुमा सहायक प्राध्यापक विष्णु हड्खले र मिना श्रेष्ठ रहनुभएको थियो। बिहिबार नै सम्पन्न निर्वाचनबाट लेखा अधिकृत विष्णु रिजालको अध्यक्षतामा संघको नयाँ कार्यसमिति गठन भएको थियो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सुदर्शन पोख्रेल, सचिवमा अस्मिता अधिकारी, कोषाध्यक्षमा दल बहादुर दरै र सदस्यहरूमा अनमोल प्रधान, कृष्ण मुरारी पौडेल र सरस्वती कुमाल सर्वसम्मत निर्वाचित हनुभएको छ । शनिबार बिहान क्याम्पस सभा कक्षमा पदस्थापन कार्यक्रममा सम्पन्न भएको थियो । सो अवसरमा निर्वाचन प्रबन्ध समितिका संयोजक गिरी र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुको साथै पदस्थापन गराउनु भएको थियो। सोही अवसरमा निवर्तमान उपाध्यक्ष अप्सरा थापाले नवनिर्वाचित अध्यक्ष रिजाललाई सङ्घको निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो। अवसरमा अध्यक्ष रिजालले पूर्व अध्यक्ष सुदिप काफ्ले र निवर्तमान अध्यक्ष थापालाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो। उक्त अवसरमा अध्यक्ष श्रेष्ठ र प्रमुख महाप्रसाद हड्खले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा आदिकवि भानुभक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, सहायक क्याम्पस प्रमुखद्वय डा. राम कुमार अधिकारी र सागर पौडेल आईक्यूएसी प्रमुख विशेश्वर तिमिल्सिना, प्राध्यापक संघको उपाध्यक्ष चिरञ्जीवी बस्नेत र कर्मचारी लगायतको उपस्थिति रहेको थियो।