Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

नेपालको राष्ट्रिय टोली विशाल नेपालीलाई प्रशंसापत्रबाट सम्मान

News & Events Image

Published by: admin

2024-02-28

आदिकवि भानुभक्त क्याम्पसमा मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा बीए प्रथम वर्षमा अंग्रेजी समूहमा अध्ययनरत विद्यार्थी रिमाले धारा, जामुने, म्याग्दी २ तनहुँ निवासी फुटबलका मेधाबी खेलाडी तथा साफ अन्डरनाइनटिन च्याम्पियनसिप -२०२३ मा नेपालको राष्ट्रिय टोलीमा रहेर फुटबल खेलको अनुभव बटुल्नुका साथै यसै महिना गण्डकी प्रदेशको नवलपुरमा आयोजित राइनो कप विजेता गण्डकी प्रदेश टोलीका फुटबल खेलाडी विशाल नेपालीलाई शुक्रवार विहान क्याम्पसमा प्रशंसापत्रबाट सम्मान गरिएको छ । राष्ट्रिय फुटबल खेलाडी विशाल नेपालीलाई क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले, मानवीकि तथा समाजशास्त्र विभागका प्रमुख, सहायक प्राध्यापक बिमल गिरी र अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहायक प्राध्यापक तिलबहादुर थापाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो।