Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

प्राथमिक उपचार तालिम प्रशिक्षण कार्यक्रम क्याम्पस सभाहलमा

News & Events Image

Published by: admin

2024-04-08

मिति २०८० चैत्र २४ गते शनिबारका दिन युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको एक दिने प्राथमिक उपचार तालिम प्रशिक्षण कार्यक्रम क्याम्पस सभाहलमा सपन्न भएको छ । युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका संयोजक शान्तिरमण वाग्लेज्युले व्यानर पढेर उद्धघाटन गर्नुनुभएको थियो । उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेज्युहरुले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।  नेरेसो जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख सागर पौडेलज्युले व्यक्त गर्नुभएको थियो भने सञ्चालन युरेस आदिकवि उपाध्यक्ष पुष्प पण्डितज्युले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, शिक्षक नायक रुपक श्रेष्ठ,  स्ववियु सचिव अनुप आले मगर, भगवतीपुर उपशाखाका सभापति मिन ब. कार्की, प्रशिक्षक नवराज भण्डारी, कमला काफ्ले, नेरेसो तनहुँ जिल्ला शाखा अधिकृत इमनाथ भट्ट, क्याम्पसमा दर्ता भएको विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका प्रतिनिधि, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको र्वतमान पदाधिकारी एवं सदस्यज्युहरु लगायतको विद्यार्थीहरुको उपस्थिती रहेको थियो । तालिममा सहभागी ३० जनालाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो । Aadikavi Bhanubhakta Campus