Published by: admin
2024-04-21
आदिकवि भानुभक्त क्याम्पस नेपाली विभागको आयोजनामा पूरक पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज बिहान क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ। क्याम्पसको पूरक पाठ्यक्रम सञ्चालक समितिका अध्यक्ष एवं सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस वर्ष नेपाली विभागले तयार पारेको लेखापढी अभ्यास सम्बन्धी पाठ्यक्रम विद्यार्थीहरूलाई प्रबोधिकरण गरिएको थियो। उक्त अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरूका लागि पूरक पाठ्यक्रमको अध्ययन पश्चात् प्राप्त हुने ज्ञान सिपका अवसरहरूका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेपाली विभागका प्रमुख डाक्टर सुशील प्रसाद वाग्लेले गर्नुभएको थियो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, आन्तरिक गुणस्तर व्यवस्थापन समिति संयोजक विश्वेश्वर प्रसाद तिमल्सेना र सृजनशील नेपाली साहित्य मञ्चका अध्यक्ष लक्ष्मी लोहनी लगायतले पूरक पाठ्यक्रम माथि सुझाव राख्नुभएको थियो। उक्त अवसरमा स्नातक तहमा मुख्य विषय नेपाली लिएर अध्ययनरत विद्यार्थी र नेपाली विषयका प्राध्यापकहरूको उपस्थिति रहेको थियो।