Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Bridge the Mind; Get Ready for Change: A Motivational Program

News & Events Image

Published by: admin

2024-05-16

 

विभिन्न विद्यालयबाट एसइ परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि आदिकवि भानुभक्त क्याम्पसमा बिहिबार उत्प्रेरणा कार्यक्रम, Bridge the Mind; Get Ready for Change: A Motivational Program कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा व्यासनगर जेसिसका पूर्व अध्यक्ष जेसी श्रीप्रसाद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सफल हुनको लागि आवश्यक तयारी कसरी गर्न सकिन्छ, परिवर्तन आत्मसात गर्नका लागि व्यक्तिसँग कस्ता खुबीहरु आवश्यक पर्दछ, कामदेखि बानी र बानीदेखि चरित्र हुँदै लक्ष्यसँग पुग्न हामीले के गर्नुपर्छ जस्ता विषयमा सहभागी विद्यार्थीहरूलाई अभिमुखीकरण गराइएको थियो ।
कार्यक्रममा तनहुँ जिल्लाका १५ माध्यमिक विद्यालयका ४० जना एसईई परिक्षा दिएर बसेका मेधाबी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम वनस्पति शास्त्र विषयका उपप्राध्यापक प्रकाश गैरेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे लगायत प्राध्यापक कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।