Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि भानुभक्त क्याम्पसमा पत्रकारीता सम्वन्धि आधारभुत तालिम

News & Events Image

Published by: admin

2023-08-06

आदिकवि भानुभक्त क्याम्पसमा पत्रकारीता सम्वन्धि आधारभुत तालिम शुरुभएको छ । क्याम्पमाको आयोजना र नेपाली विभाग एवम् आदिकवि नेपाली सिर्जनशील मञ्चको सह-आयोजनामा बुधवार देखि शुरु भएको सो तालिम दुई दिने रहेकोछ। नेपाली विभाग प्रमुख विजयराज खनालको अध्यक्षतामा भएको सो तालिमको शुभारम्भ कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्‌खले तालिमको उद्देश्य र अपेक्षाको बारेमा बोल्नु भएको थियो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो । आदिकवि नेपाली सिर्जनशील मञ्च प्रमुख लक्ष्मी लोहनीले शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त तालिममा अङ्ग्रेजी विभाग प्रमुख एवं पत्रकार वसन्त कडेँल र पत्रकार एवं पूर्व बिद्यार्थी अन्जना तिमिल्सिनाले तालिम का सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा स्नातक (बिएड) तहमा नेपाली बिषय समूहमा अध्यनरत २८ जना विद्यार्थीहरुको सहभागिता रहेको छ।