Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Y-Adapt Training

News & Events Image

Published by: admin

2023-08-06

युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसमा ३ दिने वाई एडप्ट तालिम सुरु भएको छ । तालिमको ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुक्रवार उदघाटन गर्दै जलबायू परिवर्तनले ल्याएको जटिलता लाई सबैले मनन गर्ने जनस्तरमा सचेतना बृद्धि गर्नु अनिवार्य भएको बताउनु भएको थियो । उद्‌घाटन समारोहमा नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य एवं तनहुँ रेडक्रसका सभापति प्राडा कृष्ण प्रसाद गौतम, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, तनहूँ रेडक्रसका उपाध्यक्ष नारायणी अधिकारी, मंत्रि सुर्य चन्द्र हड्खले, क्याम्पस सञ्चालक समितिका सदस्य मोहन गिरी, ऋषिराम ढुंगाना, क्याम्पस प्रमुख महा प्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी र सागर पौडेल, आईक्यूएसि संयोजक विश्वेश्वर तिमल्सेना, तनहुँ रेडक्रसका जुनियर यूवा समिति संयोजक विमल गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पस सञ्चलाक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले एवं स्ववियु सचिव अनुप आलेज्यूहरुको मन्तव्य रहेको थियो । कार्यक्रम क्याम्पस यूवा रेडक्रस सर्कलका अध्यक्ष सुनिता तिवारीको अध्यक्षतामा भएको थियो। जलवायु परिवर्तनका चुनौति विषयमा केन्द्रित रहने सो गोष्ठीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्दै आएका ब्यास नगर भित्रका १४ क्याम्पस र विद्यालयका यूवा र जुनियर रेडक्रस सर्कलहरुका ३४ जना प्रतिनिधि विद्यार्थीहरु ।को सहभागीता रहेको छ । तालिम ३ दिनसम्म चालू रहने छ । सहभागीहरुले यस युगको नितान्त नयाँ तर सबैभन्दा पेचिलो समस्या ( जलवायु परिवर्तन र त्यसले ल्याएको संकटको बारेमा सामूहिक छलफल र बहस गर्नेछन् । कार्यक्रममा स्वागत सर्कलका उपाध्यक्ष सुमन खड्काज्युले गर्नुभएको थियो भने सञ्चालन सचिव सविन लामिछानेज्युले गर्नुभएको थियो । तालिममा जलवायु परिवर्तन र संकटहरुको बारेमा सहभागीहरुलाई छलफलमा सहजीकरणको लागि राष्ट्रिय स्तरका ३ जना विज्ञहरु प्रशिक्षकको रूपमा रहनुभएको छ। तालिम क्याम्पसको यूवा रेडक्रस सर्कलको आयोजना र ब्यास नपा र तनहुँ रेडक्रस सहआयोजनामा भैरहेको छ। कार्याकम्रमा युरेस अदिकविले अनाईन माध्यमबाट आयोजना गरेको चित्रकला प्रतियोगिताको निर्वतमान अध्यक्ष सन्देशज्युले छनौट समितिको नतिजा प्रकनाशन गर्नभएको थियो । उक्त प्रतियोगितामा सत्यवती मा.वि की छात्रा सिम्रन श्रेष्ठ प्रथम भई ३०००, जनजागृती गंगा मा.विका छात्रा गंगा मिश्र द्धितिय स्थान हासिल गरि रु २५००, तेस्रो स्थान हासिल गर्ने नर्मसा मगर रु २००० र चौथो स्थान हासिल गरि रु ५०० जनजागृती गंगा मा.विका छात्र किरण गुरुङ ज्युहरु पुरस्कार राशी (राशी करकट्टी)सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।