Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

राष्ट्रपति कार्यालयमा भेटघाट

News & Events Image

Published by: admin

2024-01-31

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसंग आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समिति, सल्लाहाकार, प्राध्यापक र विद्यार्थी प्रतिनिधि सहभागी भ्रमण दलले राष्ट्रपति कार्यालयमा बुधबार दिउँसो भेटघाट गरेको छ। उक्त भेटघाटको अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको हालको शैक्षिक भौतिक र आर्थिक अवस्था, यसका असल अभ्यासहरू, चुनौती र अवसरका विषयमा राष्ट्रपतिज्यूलाई जानकारी गराउनु भएको थियो। भ्रमण दलमा मा. पूर्वमन्त्री एवं क्याम्पस सञ्चालक समितिका सदस्य डोबाट बिक, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं ब्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले र पूर्व अध्यक्ष समुद्र गोदारको उपस्थिति रहेको थियो। उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य केशबहादुर सुनार, समितिका हालका सदस्यहरू होमबहादुर रसाइली, ताराराम श्रेष्ठगोपाल सुर्खाली, सहायक क्याम्पस प्रमुखहरु -डाक्टर रामकुमार अधिकारी र सागर पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पस इकाइका उपाध्यक्ष चिरंजीवी बस्नेत, अंग्रेजी विभागका प्रमुख बसन्त कडेल, गजेन्द्र पौडेल र स्वतन्त्र विद्यार्थी युनियनका सभापति गौरव पन्थ लगायतको उपस्थिति रहेको थियो।