Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि भानुभक्त क्याम्पसमा विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ

News & Events Image

Published by: admin

2023-10-10

आदिकवि भानुभक्त क्याम्पसमा विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ। अक्टोबर ६ गते संसार भरि विश्व मानसिक स्वास्थ्य दिवस म.नाइने गरिन्छ । यस बर्षको नारा मानसिक स्वास्थ : सवैको अधिकार भन्ने रहेको छ ।  मनोसामाजिक परामर्शका क्षेत्रमामा नेपालमा कार्यरत अग्रणी गैह्र सरकारी संस्था 'कोशिश' को तनहुँ शाखाको आयोजना र क्याम्पसको सह-आयोजनामा आइतबार उक्त दिवश मनाइएको थियो । सो अवसरमा क्याम्पसका प्राध्यपक र विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा 'कोशिश', तनहुँ जिल्ला शाखा संयोजक महेन्द्र आचार्यले सहजीकरण गर्नुभएको थियो। उक्त अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसका विद्यार्थीहरुले झेल्दै आएको तनाबका बारेमा बोल्नुभएको थियो । उक्त अवसरमा मानसिक स्वास्थ्य भनेको के हो ?, मानसिक स्वास्थ्य बारे विश्वव्यापी तथ्याङ्क र नेपालको अवस्था, मानसिक स्वास्थ्य का समस्याले आउने चुनौती र त्यसका समाधानका उपायहरूको बारेमा विद्यार्थीहरुलाई अभिकरिकरण गराईएको थियो । सो अबसरमा कोशिशका प्रमुख आचार्यले सचेतना कार्यक्रमको खाजा खर्च र कर्मचारीहरूको भत्ता बापतको रकम रु. २० हजार नगद क्याम्पस प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो। उक्त रकमबाट परिवारमा मानसिक स्वास्थ्य समस्या भएका यस क्याम्पसमा अध्यनरत बिद्याथीहरुलाईक अध्ययन गर्ने दुई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । कोशिश र क्याम्पस विच क्याम्पसका प्राध्यापक कर्मचारी र विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना र परामर्श सेवा क्याम्पसलाई प्रदान गर्ने सम्बन्धि सहकार्यको सम्झौता यस आधि नै सम्पन्न भइसकेको छ ।