Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

निरीक्षकहरूका लागि अभिमुखी कार्यक्रम

News & Events Image

Published by: admin

2024-08-28

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु कीर्तिपुरले २०८१ भदौ ७ गते शुक्रबारबाट सञ्चालन गर्ने स्नातक तह तेस्रो वर्षको परीक्षाको केन्द्र रहेको आदिकवि भानुभक्त क्याम्पस व्यास १ विज्ञानचौर दमौलीमा परीक्षा निरीक्षकहरूका लागि अभिमुखी कार्यक्रम भदौ ७ गते शुक्रबार सम्पन्न भएको छ। उक्त अवसरमा परीक्षा निरीक्षकहरूको काम कर्तव्य अधिकारका बारेमा क्याम्पस प्रमुख महाप्रसाद हडखले सहजीकरण गर्नुभएको थियो ।परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि परीक्षार्थीको उपस्थिति, उत्तर पुस्तिकाको व्यवस्थापन, परीक्षा केन्द्रमा हुने सक्ने अनियमितताका किसिमहरू र त्यसलाई रोक्ने विधि र उपायका बारेमा छलफल भएको थियो। आदिकवि भानुभक्त क्याम्पसमा तनहुँ र लमजुङका गरी १० वटा सामुदायिक तथा निजी क्याम्पसका स्नातक तह मा अध्ययन गर्ने विद्यार्थीहरूको वार्षिक परीक्षाको केन्द्र रहेको छ। उक्त अभिमुखीकरण कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी सागर पौडेल र निरिक्षकहरुको उपस्थिति रहेको थियो।