Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

पुस्तकालय व्यवस्थापनमा तालिम कक्ष

News & Events Image

Published by: admin

2024-02-12

मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरको सहयोगमा शिक्षा समन्वय इकाइ तनहुँको आयोजनामा माघ २५ देखी  २९ गते सम्म ईकाईको तालिम कक्ष दमौलीमा विद्यालयका पुस्तकालय व्यवस्थापनमा काम गर्दै आएका शिक्षक तथा कर्मचारीका लागी सञ्चालित ५ दिने विद्यालय पुस्ताकालय सञ्चालन तथा व्यवस्थापन तालिमका क्रममा  तालिमका सहभागीहरुले आदिकवि भानुभक्त क्याम्पसको पुस्तकालयको एक दिने अध्ययन अवलोकन भ्रमण गरेका छन्। उक्त अवसरमा पुस्तकालय आइपुगेका सहभागी र विज्ञहरूलाई क्याम्पस  क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले पुस्तकालयको अध्ययन कक्षमा अध्ययनक्षमा स्वागत गर्दै क्याम्पसको शैक्षिक,भौतिक आर्थिक र पुस्तकालयको बारेमा जानकारी गराउनुभएको थियो। सहभागीहरूले क्याम्पस पुस्तकालयको अवलोकन पश्चात पुस्तकालयमा प्रयोग भएको सफ्टवेयर, दर्ता प्रणाली, पुस्तकालयको किताब लेनदेन गर्ने व्यवस्था, प्रयोगकर्ताहरूले पालन गर्नुपर्ने, पुस्तकालयमा रहेका अध्ययनका स्रोतहरू, ई-पुस्तकालयको पूर्वाधार तथा सञ्चालन व्यवस्था, पुस्तकालय प्रयोगकर्ताले पालना गर्नुपर्ने नियम र आचरण आदिको बारेमा अध्ययन गरेका थिए। । तालिमका श्रोत व्यक्तिहरु केन्द्रका निर्देशक प्रदीप भट्टराई र केन्द्रका पुस्तकालय अधिकृत  प्रभा पन्थिले ज्ञानलाई व्यावहारिक एवं प्रयोगात्मक ज्ञानसँग तालमेल मिलाउनु मिलाउनका लागि आदिकवि भानुभक्त क्याम्पसको पुस्तकालय भ्रमण को अध्ययन भ्रमणले अत्यन्तै मद्दत पुगेको बताउनुभएको थियो। डबलमा २४ जना सहभागीले अध्ययन भ्रमणमा भाग लिएको थिए।