Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

लेखापढी सम्बन्धी पाठ्यक्रमको तयारी

News & Events Image

Published by: admin

2024-05-16

नेपाली विभागको बैठक आज साँझ ५ बजे सम्पन्न भएको छ। बैठक नेपाली विभागका प्रमुख उपप्राध्यापक डा सुशीलप्रसाद वाग्लेको अध्यक्षतामा भएको थियो। बैठकमा विभागले स्नातक तहका विद्यार्थीहरूका लागि तयार गरी २०८१.२.२० गतेदेखि अध्ययन अध्यापनको व्यवस्था मिलाउन लागेको लेखापढी सम्बन्धी पाठ्यक्रमको तयारीका सम्बन्धमा छलफल भएको थियो। त्यसैगरी बैठकमा स्नातक र स्नातकोत्तर तहको विभिन्न वर्ष र सेमेस्टरको पाठ्यक्रमको कोर्सको अध्यापनको अवस्था, विभागका प्राध्यापकहरूले गर्न लागेको लघु अनुसन्धानक्षेत्र सम्बन्धी विषय र आगामी जेठ ७ गतेबाट सुरु हुने स्नातक तह प्रथम दोस्रो र तेस्रो वर्षको मिडटर्म आन्तरिक परीक्षाको तयारीका सम्बन्धमा समेत छलफल भएको थियो। बैठकमा क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख र विभागका सदस्य प्राध्यापकहरू को उपस्थिति रहेको थियो।