Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

डिन र विद्यार्थी विच अन्तकृया बैठक

News & Events Image

Published by: admin

2024-02-02

आदिकवि भानुभक्त क्याम्पसमा डिन र विद्यार्थी विच अन्तकृया बैठक शुक्रवार सांझ क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ। बैठकलाई क्याम्पसको शिक्षा शास्त्र विभागले आयोजना गरेको थियो। बैठकमा शिक्षा शास्त्र संकायका डिन प्रा. डा. चित्र बहादुर बुढाथोकीले संवोधन गर्नुभएको थियो। बैठकमा क्याम्पसमा एम एड तहमा प्राध्यापनरत प्राध्यापक र अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बैठकमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै डिन बुढाथोकीले एम एडका विद्यार्थीहरुसंग विषय वस्तुको ज्ञान हुनुपर्ने, सिक्ने सिकाउने प्रकृयामा सिकारुलाई कसरी सकृय सहभागी बनाउने, सिकाइ र विद्यार्थीहरुको  मनोविज्ञान विचको तादाम्यता कसरी बनाइराख्ने र प्रभावकारी शिक्षण कसरी गर्ने भन्ने सिप एम एड तहमा अध्ययनका क्रममा सिक्न पर्ने बताउनु भएको थियो।  बैठकमा विद्यार्थीहरुले सोधेका सवालहरुको  जवाफ दिनु भएको थियो। बैठकमा क्याम्पस प्रमुख महा प्रसाद हइखले, सहायक क्याम्पस प्रमुख महा प्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, नेपाली विभागका प्रमुख डा. सुशिल प्रसाद वाग्ले, शिक्षा शास्त्र विभागका प्रमुख गजेन्द्र पौडेल र एम एड तहमा नेपाली, अंग्रेजि र ईपिएम अध्यापनरत प्राध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।