Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Digitalization Perfomance Grants to ABC by UGC

News & Events Image

Published by: admin

2024-06-14

विश्वविद्यालय अनुदान आयोगवाट आज मिति २०८१.२.३२ गते शुक्रवार प्रकाशित सुचना अनुसार आदिकवि भानुभक्त क्याम्पस यस वर्षको डिजिटलाइजेसन कार्यसम्पादन अनुदानका लागि आयोगकोछनौटमा परेका छ । क्याम्पसहरुमा सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्न, सूचना प्रविधिमा प्राध्यापक कर्मचारी र विद्यार्थीको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न,क्याम्पसमा सूचना प्रविधिको उपकरण प्रयोगशाला र भण्डारणलाई व्यवस्थित गर्न, अध्ययन अध्यापनका सामग्रीहरूलाई डिजिटलाइज गर्न, क्याम्पसको सफ्टवेयर वेबसाइट र नेटवर्किङलाई व्यवस्थित बनाउन, सूचना प्रविधिको सहयोगमा शिक्षण सिकाईलाई प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने योग्य युवा जनशक्ति उत्पादन गर्ने क्याम्पसको लक्ष्य हासिल गर्नमा यस अनुदानले विशेष सहयोग पुग्ने विश्वास गरिएको छ। छनौंटमा परेकोमा विश्वविद्यालय अनुदान आयोगलाई धन्यवाद दिन चाहन्छौँ !