Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

रक्तदाता सम्मान कार्यक्रममा क्याम्पसलाई सम्मान

News & Events Image

Published by: admin

2024-08-28

रक्तदान जीवन दान भन्ने उच्च आदर्शवाट प्रेरित भई वर्ष २०८०.०८१ मा १०४ युनिट रक्तदान गरी अन्य संस्थाहरुलाई समेत रक्त दान गर्न उत्प्रेरणा जगाउन महत्वपूर्ण योगदान पुऱ्याएको भन्दै आज २०८१ साउन १२ गते शनिवार विहान नेपाल युवा रेडक्रस सर्कल, आदिकवि भानुभक्त क्याम्पस तनहुँलाई ५९औ रक्त सञ्चार सेवा दिवस - २०८१ का अवसरमा नेपाल रेडक्रस सोसाईटि, कास्की जिल्ला शाखा, पोखराले सोसाईटिको आफ्नै सभागृहमा आयोजीत एक भव्य रक्तदाता सम्मान कार्यक्रममा क्याम्पसलाई सम्मान गरेको छ । क्याम्पसका तर्फवाट संरक्षक, क्याम्पस प्रमुख महा प्रसाद हड्खले, क्याम्पसका मानविकी तथा समाज शास्त्रका विभागीय प्रमुख एवं तनहुँ जिल्ला रेडक्रस यूवा समिति संयोजक विमल गिरी र सर्कलका कोषाध्यक्ष रोशन ओझालाई सम्मान-पत्र ग्रहण गर्नु भएको थियो । क्याम्पसका तर्फबाट नियमित बार्षिक रक्तदानको कार्यक्रम आयोजना गर्ने क्याम्पसको सर्कल र सर्कलको आवह्वानमा रक्तदान गर्ने रक्तदाता र कास्कि रेडक्रस प्रति आभार व्यक्त गर्न चाहन्छौ !