Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Mission 2081/082 for Progress & Persistence A Faculty Analysis of student admission, drop out & result

News & Events Image

Published by: admin

2024-06-20

आदिकवि भानुभक्त क्याम्पसमा वर्ष २०८०.०८१ को विद्यार्थी भर्ना, ड्रपआउट, नतिजा, शिक्षण विधि र शिक्षण सामग्री सम्बन्धी प्रतिवेदन र विश्लेषण कार्यक्रम- २०८१ असार ६ गते बिहीबार क्याम्पस सभा कक्षमा सुरु भएको छ । सो कार्यक्रम असार ७ गते सम्पन्न हुनेछ। 
क्याम्पसका प्राध्यापकहरूलाई आफूले पढाउने विषय त्यसमा भर्ना हुने विद्यार्थी उनीहरूको अध्ययन तथा नतिजा प्रति जिम्मेवार बनाउन र क्याम्पसको नतिजामा उल्लेखनीय वृद्धि ल्याउने उद्देश्य राखेर यो कार्यक्रम को आयोजना गरिएको हो।
उक्त विश्लेषण कार्यक्रम क्याम्पस सञ्चालक समितिका सदस्य एवं क्याम्पसको गुणस्तर सुधार एवं सुझाव समितिका संयोजक मोहन गिरीको अध्यक्षतामा बिहिबार बिहान प्रारम्भ भएको थियो। उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख र विज्ञ मूल्याङ्कनकर्ता प्राध्यापक डाक्टर प्रदिप चन्द्र गौतमले विश्लेषण र सुझावको प्रस्तुतिकरणमा प्राध्यापकहरूले ध्यान दिनुपर्ने विषयहरूको बारेमा बोल्नुभएको थियो। 
सो अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना र क्याम्पस सञ्चालक समितिका सदस्य एवं क्याम्पसको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी खनालको पनि उपस्थिति रहेको थियो।
विश्लेषण कार्यक्रममा प्राध्यापक डाक्टर प्रदिप चन्द्र गौतम विश्लेषणमा सहभागी हुनुहुने शिक्षकहरूको कार्यसम्पादनको मूल्याङ्कनकर्ता रहनुभएको छ। उहाँले प्राध्यापकहरूको प्रतिवेदन विश्लेषण र सुझावको मूल्याङ्कन गर्नुहुन्छ। 
दुई दिने उक्त कार्यक्रममा क्याम्पसका ६४ जना प्राध्यापकहरूले आफूले अध्यापन गरेको विषय, उक्त विषयमा विद्यार्थीहरूको भर्नाको अवस्था, विद्यार्थीको कक्षामा रहेको उपस्थिति, वार्षिक परीक्षाको विषयगत नतिजा, आफूले प्रयोग गरेको शिक्षण विधि र शिक्षण सामग्री, आफ्ना सुझावहरू लिखित र मौखिक रूपमा  विज्ञ मूल्याङ्कनकर्ता, सञ्चालक समिति र क्याम्पस प्रशासन समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। पहिलो दिन विवाह २२ जना प्राध्यापकहरूले आफ्नो विश्लेषण र सुझाव प्रस्तुति राख्नुभएको थियो। बाँकी प्राध्यापकहरूले ६ गते आफ्नो विश्लेषण र सुझाव राख्नुहुनेछ। क्याम्पसले यस कार्यक्रमलाई 'मिसन २०८१/०८२, प्राध्यापक प्रतिबद्धता: विद्यार्थी भर्ना ड्रपआउट र नतिजाको विश्लेषण कार्यक्रम-२०८१' नाम दिएको छ। (