Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

क्याम्पसमा विपत जनाउ साइरन जडान

News & Events Image

Published by: admin

2024-05-17

तनहुँ जलविद्युत आयोजनाले २०८१.२.४ गते शुक्रबार आदिकवि भानुभक्त क्याम्पसमा विपत जनाउ साइरन जडान गरेको छ। उक्त स्वचालित विद्युतीय साइरन भानुभक्त क्याम्पसको विज्ञान भवनको छतमा जडान गरिएको छ। सेती नदीमा निर्माण भइरहेको तनहु जलविद्युत आयोजनाको बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटि छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका लागि नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने, र पौडी खेल्ने कार्य गरीरहेका, जनसमुदायलाई नदीमा आउनसक्ने बाढी एवं विपतबारे अग्रिम सचेत पार्नका लागि उक्त साइरन जोडिएको आयोजनाले जनाएको छ ।
आयोजनाको विशेष अनुरोधमा क्याम्पसले उक्त साइरन जडानको स्थल उपलब्ध गराएको थियो। उक्त साइरनले व्यास नगरपालिकाका वडा नम्बर १, ३ र १३ को सेती नदी वरपरका बासिन्दाहरूलाई साइरन बज्दाको समय नदी भित्र वा नदी किनाराबाट छिट्टै बाहिर निस्कन र नदी किनाराको नजिक नजानको लागि सचेत बनाउनेछ। साइरन जडान कार्य समुदाय, आयोजना र क्याम्पस बीचको सहकार्यको एउटा उदाहरण रहेको आयोजनाका अधिकारीहरूले जनाएका छन्।