Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विज्ञान शिक्षा विषयको पाठ्यक्रमको समीक्षा

News & Events Image

Published by: admin

2024-05-16

त्रि वि, महेन्द्र रत्न क्याम्पसका उपप्राध्यापक तथा त्रि वि विज्ञान तथा वातावरण शिक्षा विषय समितिका सदस्य पारसमणि घिमिरेको सहजीकरणमा आज २०८१.२.२ गते बुधवार बिहान आदिकवि भानुभक्त क्याम्पस विज्ञान तथा प्रविधि विभागको आयोजनामा क्याम्पसका विज्ञान विषयका प्राध्यापक तथा विज्ञान शिक्षा विषयका विद्यार्थीहरूका बीच त्रि वि को वर्तमान विज्ञान शिक्षा विषयको पाठ्यक्रमको समीक्षा तथा विज्ञान शिक्षा विषयको अध्ययन पछि को अपेक्षित उपलब्धि र विद्यार्थीहरुलाई प्राप्त हुने अवसरका विषयमा एक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहजकर्ता घिमिरेले विज्ञान शिक्षा विषय र त्रिभुवन विश्वविद्यालयको विज्ञान शिक्षाको पाठ्यक्रमका बारेमा सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, विभागीय प्रमुख राजन घिमिरे लगायत विभागीय सदस्य प्राध्यापक र स्नातक तह प्रथम वर्षका विज्ञान शिक्षा विषयका विद्यार्थीहरूको उपस्थिति थियो।