Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

क्याम्पस कार्यसम्पादन समितिको नियमित बैठक

News & Events Image

Published by: admin

2024-07-21

आदिकवि भानुभक्त क्याम्पस कार्यसम्पादन समितिको नियमित बैठक आज २०८१ श्रावण ५ गते बिहान ११:४५ बजे क्याम्पसको बैठक कक्षमा सम्पन्न भएको छ।
बैठकले क्याम्पसको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्बन्ध विस्तार समितिको सिफारिसमा समितिका सदस्य प्रदीप काफ्लेको संयोजकत्वमा डिजिटल ल्यांडवेज ल्याव निर्माण अर्थ संकलन समितिको गठन गरेको छ। 
 बैठक क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकले रिक्त रहेको क्याम्पसको सहायक क्याम्पस प्रमुख पदमा नेपाली विषयका सह-प्राध्यापक डा. रामकुमार अधिकारी र अङ्ग्रेजी विषयका सह-प्राध्यापक सागर पौडेल दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको छ। 
बैठकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा रहेको क्याम्पसको नीति कार्यक्रम योजना तथा बजेट तयारी समितिले पेश गरेको आर्थिक वर्ष २०८१.८२ को आर्थिक नीति कार्यक्रम योजना र बजेट प्रस्ताव माथि छलफल भएको छ। उक्त प्रस्ताव क्याम्पसका लेखा अधिकृत विष्णुप्रसाद रिजालले बैठकमा पेश गर्नुभएको थियो।
बैठकले क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समितिले तयार गरी पेश गरेको मगर भाषा  प्रशिक्षक प्रशिक्षण पूरक पाठ्यक्रमलाई स्वीकृत गरी  कार्यान्वयन गर्न स्वीकृति दिएको छ। उक्त पुरक पाठ्यक्रम कार्यान्वयनका लागि समितिका तर्फबाट संयोजक क्याप्टेन सोमबहादुर थापाले बैठकमा पेश गर्नुभएको कार्यक्रम को प्रस्ताव र बजेट स्वीकृत गरिएको छ । 
बैठकले क्याम्पसमा कार्यरत स्थायी र पूर्णकालीन प्राध्यापकहरूको पाठ्यभार सम्बन्धमा अध्ययन गर्नका लागि क्याम्पस सञ्चालक समितिका सदस्य मोहन गिरीको संयोजकत्वमा एक अध्ययन उपसमिति गठन गर्ने निर्णय लगायत निर्णय गरेको छ।
बैठकले क्याम्पसबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई क्याम्पस सेवामा लगाउन सकिने निर्णय गरेको छ ।
बैठकले विद्यार्थीहरूको शुल्कलाई नियमित गर्नका लागि फि कार्डको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ।
बैठकमा आदिकवि भानुभक्त क्याम्पस युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन खड्काले सर्कलको प्रतिवेदन पेश गर्नुभएको थियो। 
 व्यास नगरपालिका वडा न. १३, गुदी स्थायी बसोबास गर्नुहुने क्याम्पसका सहायक प्राध्यापक चिरञ्जीवी पन्थका पिता इन्द्र विलास पन्थको ८७ वर्षको उमेरमा २०८१ असार २९ गते असामयिक निधन भएकोमा स्वर्गीय आत्माको चिर शान्तिको कामनाका साथै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त पन्थ परिवारमा समवेदना प्रकट गरेको छ ।