Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रु. ३३,३,३३/- नगद सहयोग

News & Events Image

Published by: admin

2024-02-08

आदिकवि भानुभक्त आचार्यको नाममा तनहुँमा स्थापना भएको सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पस, विज्ञानचौर, व्यास १ दमौली, तनहुँको शैक्षिक एवं भौतिक विस्तार र विकासका लागि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रु. ३३,३,३३/- नगद सहयोग प्रदान गरेको छ। बिहिबार दिउँसो सो समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले क्याम्पसमा उपस्थित भएर उक्त रकमको चेक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सहायक क्याम्पस प्रमुख द्वय डाक्टर रामकुमार अधिकारी, सागर पौडेल र विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको उपस्थिति रहेको थियो। २०७२ सालमा क्याम्पसले सञ्चालन गरेको तनहुँ आदिकवि आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सवका अवसरमा उक्त समितिले प्रतिबद्धता जनाएको सो रकम समितिको हालै बसेको बैठकले क्याम्पसलाई भुक्तानी दिने निर्णय गरेको थियो। सो अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सो प्रतिवद्धताको रकम भुक्तानी गरेकोमा समिति प्रति क्याम्पस परिवारको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो।