Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

परिसरको खाली जग्गा र वृक्षारोपण क्षेत्रमा आकर्षक उद्यान निर्माण

News & Events Image

Published by: admin

2024-05-18

आदिकवि भानुभक्त क्याम्पसले परिसरको खाली जग्गा र वृक्षारोपण क्षेत्रमा आकर्षक उद्यान निर्माण गर्ने, वनस्पति वोट विरुवा र फूलको बिरुवा उत्पादनको गर्ने, समुदायलाई फूल तथा वनस्पतिको वृक्ष वितरण गर्ने र क्याम्पस र समुदायको वातावरण संरक्षण अभियान व्यवस्थित रूपमा सञ्चालन गर्ने कार्य सुरुवात गर्ने भएको छ । यसका लागि क्याम्पसले क्याम्पस सञ्चालक समितिले समितिका आमन्त्रित सदस्य रामजी लौडारीको संयोजकत्वमा ५ सदस्यीय क्याम्पस उद्यान विकास तथा व्यवस्थापन समिति गठन गरेको छ।
सो समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख महाप्रसाद हडखले र सदस्यहरुमा क्याम्पसका वनस्पति शास्त्रका उपप्राध्यापक प्रकाश गैरे र अंग्रेजीका उपप्राध्यापक लालप्रसाद भट्टराई तथा स्वतन्त्र विद्यार्थी युनियनका सदस्य सुस्मिता श्रेष्ठ रहेको तथा उद्यान विकास तथा व्यवस्थापन समिति गठन गरेको छ ।
उक्त समितिका संयोजक लौडारीको अध्यक्षतामा २०८१.२.४ गते शुक्रबार साँझ ४:०० बजे बसेको बैठकमा प्रस्तावित क्याम्पस उद्यान विकास तथा व्यवस्थापन निर्देशिका २०७१ माथि छलफल गरी आगामी क्याम्पस सञ्चालक समिति बैठकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ । साथै सो बैठकले समितिको आर्थिक वर्ष २०८०.०८१ को जेठ र असार महिना र आर्थिक वर्ष २०८१.०८२ को वार्षिक योजना पनि पारित गरेको छ। उक्त समितिले यसै जेठ महिनाभित्र क्याम्पसका कर्मचारी विद्यार्थी र समुदायका लागि क्याम्पसमा फुल खेती सम्बन्धी तालिमको आयोजना, वनस्पति तथा फूलका बिरुवा उत्पादन गर्नका लागि एक नर्सरीको पूर्वाधार निर्माण गर्ने र फूलको बिरुवा तयार गर्ने र निर्णय समेत गरेको छ।