Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मगर भाषाको संरक्षण र विकासका लागि पूरक पाठ्यक्रमको सञ्चालन

News & Events Image

Published by: admin

2024-05-05

समुदायको भाषा संस्कृतिको संरक्षण अभियानमा जुट्ने निर्णय गरेको आदिकवि भानुभक्त क्याम्पसले मगर भाषाको संरक्षण र विकासका लागि पूरक पाठ्यक्रमको सञ्चालन गर्ने तयारी गरेको छ। क्याम्पस सञ्चालक समितिका सदस्य क्याप्टेन सोमबहादुर थापाको अध्यक्षतामा मगर भाषा तथा संरक्षण एवं विकास उपसमिति बैठक क्याम्पस सभा कक्षमा बुधबार बिहान सम्पन्न भएको छ ।