Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

३९ औ तनहँ जुनियर युुवा तथा शिक्षक नायक गोष्ठिको उद्घाटन सत्र सम्पन्न

News & Events Image

Published by: admin

2024-06-03

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजना एवतनहुँको व्यास नगरपालिका वडा नं १ स्थित विज्ञानचौरमा रहेको नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पस जिल्लकै उत्कुष्ट सर्कलको रुपमा प्रथम भई सम्मानित भएको छ ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाको आयोजनामा र आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता÷व्यवस्थापनमा मिति २०८१ जेष्ठ १९ देखि २० (तदनुसार ०१ देखि ०२ जुन २०२४) सम्म ३९ औ तनहुँ जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठीमा सम्मान गरिएको हो ।
कार्यक्रममा नेरेसो तनहुँका सभापति प्रा.डा. कृष्ण प्रसाद गौतम लगायतले युवा रेडक्रस सर्कल आदिकवि भानुभक्तका अध्यक्ष एवं पदाधिकारी तथा सदस्य लाई उक्त सम्मान पत्र प्रदान गरे ।
त्यस्तै द्धितियमा चण्डिदेव राष्ट्रिय माध्यमिक विद्यालय, तृतीयमा पराशर माध्यमिक विद्यालय भएको छ। सान्तवना भने जनज्योती मावि र रामशाह मावि भएको थियो। एक वर्षभरिमा जिल्ला भरिको सर्कलले गरेको सामाजिक कार्य लगायत गतिविधिको मुल्याङकन गरि सम्मान गरिएको जिल्ला जुनियर तथा युवा रेडक्रस समिति तनहुँका संयोजक गिरीले बताए । शनिबार देखि चलेको उक्त गोष्ठि आईतण्बार सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजना एवम् नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता÷व्यवस्थापनमा मिति २०८१ जेष्ठ १९ देखि २० (तदनुसार ०१ देखि ०२ जुन २०२४) सम्म ३९ औ तनहुँ जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठी निम्नानुसार ५ प्रस्ताव तथा निर्णयहरू, १० वटा प्रतिवद्धताहरू र २० वटा सुझावहरूको आदिकवि भानुभक्त क्याम्पस घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 
दुई दिने १० वटा पलिकाका ७२ विद्यालयका २१६ जना सहभागीहरू, प्रदेश र जिल्ला समितिका पदाधिकारी, सदस्यहरू, साझेदार सस्थाका  प्रतिनिधिहरू र स्थानीय निकायहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
राष्ट्रिय गोष्ठीले “विश्वव्यापीरूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत ः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने नाराका साथ युवाहरूलाई स्वयम्सेवकका रूपमा, लाभान्वितका रूपमा र नेताका  रूपमा सहभागिता गराई युवाहरूमार्फत नै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । प्रस्ताव तथा निर्णयहरू–
१. नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला स्तरीय ३९ औ जुनियर युवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न गर्न आतिथ्यता गर्ने नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पस,व्यास–१,विज्ञानचौर, तनहुँको समन्वय तथा आवश्यक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी प्रदेश तथा जिल्ला शाखा तनहुँ, जुनियर युवा समितिका संयोजक तथा सदस्यज्युहरु, स्थानीय सहयोगी संघ संस्थाहरू, स्थानीय टोल समूहहरू, पत्रकारहरू, जिल्ला गोष्ठी तयारी तथा समन्व्य संयोजक सदस्यहरु, क्याम्पसका प्रध्यापक तथा कर्मचारीज्युहरु, स्ववियु तथा विद्यार्थी कल्बका प्रतिनिधि, विभिन्न सहयोगीहरु, सहभागी प्रतिनिधिहरू, सहजकर्ताहरू, उद्घाटन सत्रका प्रमुख अतिथि व्यास  नगरपालिकाका प्रमुख श्री वैकुण्ठ न्यौपाने लगायत प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दछ ।
२. नेपाल रेडक्रस सोसाइटी तनहुँ अन्तर्गतका १० वटा पालिकासँग सम्वद्र्ध जुनियर तथा युवा रेडक्रस सकर्ललाई अरू सशक्त रूपमा परिचालन गर्न गण्डकी प्रदेशको तर्फबाट आवश्यक कार्यक्रम र गतिविधि बनाई जिल्ला शाखा, उपशाखा तथा सर्कलहरूलाई समेत परिचालन गरी मानवीय सेवामा सहभागी बनाउने निर्णय गरियो ।
३. ४१औं केन्द्रिय जुनियर तथा युवा गोष्ठीवाट सिफारिस भई आएका, केन्द्रीय जुनियर तथा युवा समितिवाट आत्मसाथ गरी केन्द्रीय कार्यसमितिबाट समेत अनुमोदन भई आएका वार्षिक रूपमा प्रति जुनियर तथा युवा रेडक्रस सदस्यबाट रु. १०।– संकलन गरी विगतमा प्रति विद्यार्थी रु. ५१– संकलन गरेको कोष वृद्धि गरी जुनियर युवा रेडक्रस कार्यक्रममा परिचालन गर्ने वा प्रति संकलन रु. १०००।– संकलन गर्ने नीतिलाई यस प्रदेशमा पनि अभियानका साथ कार्यान्वयन गरी केन्द्रीय कोषमा रकम जम्मा गर्न सहयोग गर्ने निर्णय गरियो ।
४. जुनियर तथा यवा गतिविधिहरु प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापनका लागि जिल्ला जुनियर तथा यवा अक्षयकोष निर्माण गर्ने र सो को लागी प्रत्येक सर्कलबाट रकम संकलन गरी अक्षयकोषमा जम्मा गर्ने निर्णय गरियो ।
५. जुनियर तथा यवा गतिविधिहरु प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापनका लागि जिल्ला जुनियर तथा यवा गोष्ठिको विद्यमान ढाँचामा परिर्माजन गरी पालिकास्तरमा बृहत रुपमा आयोजना गर्ने र जिल्ला गोष्ठिमा तनहँ जिल्ला भित्रका प्रत्येक गाँउपालिकाबाट उत्कृष्ठ विद्यालय, क्याम्पस मध्येबाट २ वटा सर्कलबाट १ जना शिक्षक नायक सहित १।१ जना छात्र छात्रा र प्रत्येक नगरपालिकाबाट उत्कृष्ठ विद्यालय, क्याम्पस मध्येबाट ३ वटा सर्कलबाट १ जना शिक्षक नायक सहित १।१ जना छात्र छात्रा सहितको ७२ जना रहने गरी जिल्ला गोष्ठिको आयोजना गर्ने निर्णय गरियो ।
प्रतिवद्धताः–
१. विश्वव्यापीरूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तीकृत, जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा भन्ने नाराका साथ जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई अगाडि बढाउन प्रत्येक पलिका र सर्कलहरूलाई सक्रिय बनाई वृक्षरोपन गर्ने र भूक्षय रोकावट सम्बन्धि कार्यक्रम गर्न युवाहरूलाई परिचालन गर्ने निर्णय गरियो ।
२. प्रति युवा रु १० जुनियर रु. ५ वा प्रति सर्कल संकलन रु. १,०००।– संकलन कार्य प्रभावकारी तरिकाबाट अभियान संचालन गर्ने ।
३. जलवायु परिवर्तन, सडक सुरक्षा, साइवर अपराध शिक्षा, वातावरण संरक्षण शिक्षा, प्राथमिक उपचार तालिम, विपद् राहत उद्धार तालिम, नेतृत्व विकास तालिम, सम्बन्धी हालका जल्दावल्दा समसामयीक समस्याहरूका बारेमा जुनियर÷ युवा, शिक्षक नायकहरूलाई अभिमुखिकरण वा तालिमको व्यवस्था गर्ने ।
४. रक्तदान जीवनदान महादान भन्ने नारालाई युवा जुनियर मार्फत प्रभावकारी बनाउन विभिन्न कार्यक्रम संचालन गरी उत्साहित गर्ने ।
५.प्रत्येक विद्यालयमा सर्कल गठन गर्ने र समुदाय भित्रका युवाहरूमा पनि समुदाय स्तरमा
युवा सर्कल गठन गर्ने जिल्ला शाखा र उपशाखालाई परिचालन गर्ने अनुरोध गर्ने ।
६. केन्द्रीय जुनियर युवा निर्देशिकामा समय अनुकुल बनाउन, समन्वय गर्ने एवम् केन्द्र, प्रदेश तथा जिल्ला र पालिका स्तरीय गोष्ठीको संचालन एवम् कार्यतालिकामा समय अनुकुल परिवर्तन गर्ने ।
७. नेरेसो केन्द्र, प्रदेश वा जिल्लाका हरेक गतिविधिहरूमा युवा सहभागीता सुनिश्चित गर्न एवम् जुनियर तथा युवाका कार्यक्रममा तोकिएको निकायबाट आवश्यक अधिक्तम सहयोग गर्ने ।
८. उच्चतम प्रविधिक ज्ञानको प्रयोग गरी रेडक्रसका जुनियर युवा का गतिविधि संचालन गर्ने र ति सर्कल गतिविधिहरू वेवसाइटमा राख्ने तथा संचार माध्यम मार्फत प्रसारण संयन्त्र विकास गर्ने ।
९. मानवतालाई जिवत राखौ भन्ने मूल नारालाई कार्यन्वन गर्ने म सेवा गर्छ‘ु भन्ने मुल मन्त्रलाई अंगिकार गरी अगाडी बढ्ने,
१०. दश वटै पालिका युवा जुनियरहरुको एक आपसमा सहकार्यमा कार्यलाई अगाडि बढाउने
सुझावहरूः–
१. आगामी दिनमा संचालन हुने राष्ट्रिय, प्रदेश, जिल्ला तथा पालिका स्तरका तालिम गोष्ठी र शिविरमा जिल्लाबाट सम्पूर्ण सहभागीता सुनिश्चित गर्ने, भूगोलको हिसावले टाढा रहेका सर्कलहरूलाई काम्तिमा एकतर्फी यातायातको व्यवस्थापन गर्ने ।
२.जुनियर तथा युवा रेडक्रसका तालिम, गोष्ठी लगायत कार्यक्रमको उद्घाटन सत्रलाई व्यवस्थीत गर्ने, कम समयमा सम्पन्न गर्ने र युवा सहभागिता पठाउने । हरेक वर्ष उत्कृष्ट सर्कल, उत्कृष्ट युवा र उत्कृष्ट शिक्षकनायक सम्मान गर्ने व्यवस्था गर्ने । 
३. केन्द्रिय निर्देशित कार्यक्रम बाहेक जिल्ला आफ्नै कार्यक्रम बनाई युवा परिचालन गर्नुपर्ने, 
४.विभिन्न अभियान सञ्चालन गर्दा विद्यालय एवम् क्याम्पसमा गठन भएका सर्कलका युवा स्वयमसेवकरुलाई परिचालन गर्न प्राथमिकतामा राख्ने, 
५. प्रत्येक नीजि तथा सरकारी विद्यालयमा जुनियर तथा युवा सर्कलको गठन गर्ने, 
६.जिल्ला गोष्ठीको संरचना समय अनुकूल परिर्वतन गर्नुपर्ने, 
७. जुनियरलाई नैतिकता, मानवता लगायतका मानवीय जीवनलाई उद्यमशीलमा केन्द्रित गर्नुपर्ने, 
८. युवाका कार्यक्रमहरु मानवीय सेवा सङ्गै उद्यमशीलता र नेतृत्व विकास र सामाजिक दायित्व वहन प्रति केन्द्रित रहने योजनाहरु बनाउनु पर्ने, 
९.जिल्ला गोष्ठी थप परिष्कृत शैलीमा भइरहेकोमा जुनियर युवाका फरक मुद्धामा केन्द्रित रही सञ्चालन गर्ने गरी जिल्ला गोष्ठी स्वरुपमा परिमार्जन गर्नुपर्ने,
१०. प्रत्येक क्याम्पस÷ विद्यालयका जुनियर÷युवाहरुलाई प्राथमिक उपचार तालिम प्रदान गर्नुपर्ने, ११.प्रत्येक क्याम्पस ÷ विद्यालयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा भए गरेका अभ्यासहरु मार्फत युवाहरुमा    मानवीय भावना जागृत गराइ रेडक्रस अभियानमा लाग्न प्रेरित गर्नु पर्ने,
१२. युवा जुनियर लाई सिपमूलक  क्रियाकलापमा जोड दिनुुपर्ने,
१३. प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमको सहभागितामा जुनियर युवालाई सहभागी गराउनको व्यवस्था गनुपर्ने
१३. जुनियर युवा जिल्ला, प्रदेश र संघको समितिमा उमेर हदको व्यवस्था हुनुपर्ने
१४. जुनियर तथा युवा सर्कलको विस्तार गर्दा राज्यको स्यानीय संरचनालाई ध्यान राखी गर्ने र सो अनुसार परिचालन गर्ने÷व्यवथा मिलाउने,
१५. त्रैमासिक रुपमा शिक्षक नायकहरुको अन्तरक्रिया वैठक गर्ने,
१६. प्रत्येक पालिका स्तरीय विद्यालय विपत पूर्नस्थापाना कोष खडा गरेर विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक अवस्थामा भएको बालबालिकाको लागि निश्चत सम्म दुर्घटना सहयोग गर्ने, 
१७. रेडक्रसका कार्यक्रमलाई पालिकाको शौक्षिक पात्रोमा समावेश गरी पत्येक पालिका भित्रको कार्यक्रमहरु एकरुपता कायम गर्ने अनुरोध गर्ने,
१८. नेपाल रेडक्रस सोसाईटी तनहु जिल्ला शाखा द्धारा समय अनुकुल विद्यालयगत रेडक्रसको अनुगमन मूल्याङन गर्न अनुरोध गर्ने, 
१९. मौलिकतामा आधारित सस्कृतिक कार्यक्रम र सडक नाटक प्रतियोगिता संचालन गर्ने,
२०. कार्य क्षमता आधारमा युथहरुले प्राप्त गर्ने अवसरहरुलाई प्रदान गर्ने,
म् नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता÷व्यवस्थापनमा मिति २०८१ जेष्ठ १९ देखि २० (तदनुसार ०१ देखि ०२ जुन २०२४) सम्म ३९ औ तनहुँ जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठी Aadikavi Bhanubhakta Campus