Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

सञ्चालक समितिको बैठक २०८१ असार ५

News & Events Image

Published by: admin

2024-06-20

आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको बैठक २०८१ असार ५ गते बुधबार बिहान क्याम्पसको बैठक कक्षमा सम्पन्न भएको छ। बैठक क्याम्पस सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको थियो। बैठकमा क्याम्पस सञ्चालक समितिका सल्लाहकार एवं पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख एवं क्याम्पसका पूर्व प्रमुख बैकुण्ठ न्यौपाने र पूर्व अध्यक्ष रामचन्द्र बस्नेतको पनि उपस्थिति रहेको थियो। बैठकमा दमौली अस्पताल व्यवस्थापन समितिमा हालै क्याम्पस सञ्चालक समितिका सल्लाहकार एवं सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो। उक्त समितिमा क्याम्पस सञ्चालक समितिका सल्लाहकार शान्तिरण वाग्ले अध्यक्ष, सञ्चालक समितिका सदस्य एवं व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने सदस्य, सञ्चालक समितिका सदस्य सुशीला शर्मा सदस्य, र सञ्चालक समितिका सदस्य एवं तनहूँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठनाथ मिश्र सदस्य पदमा मनोनित हुनुभएको छ।
बैठकमा क्याम्पसका उपप्राध्यापक एवं अङ्ग्रेजी विभागका प्रमुख डा. वसन्त कँडेलले क्याम्पसबाट अध्ययन विदा लिई त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायबाट अङ्ग्रेजी शिक्षामा ' क्रिएसन, इन्टरप्रेटेसन एण्ड एप्रोप्रिएएस अफ ल्यांग्वेज पोलिसी ईन नेपाल : अ क्रिटिकल एथनोग्राफी अफ व्यास म्युनिसिपालीटि' शीर्षकमा विद्यावारिधि तहको अध्ययन हालै सम्पन्न गर्नुभएकोमा कँडेललाई खादा र अबिर लगाई बधाई ज्ञापन गरिएको थियो।
बैठकमा विश्वविद्यालय अनुदान आयोगबाट यस वर्ष क्याम्पसलाई डिजिटलाइजेसन कार्यसम्पादन अनुदान कार्यक्रममा छनोट गरिएको र क्याम्पसको प्रशासनिक भवन निर्माणका लागि १ करोड रकम विनियोजन गरिएको सम्बन्धी जानकारी गराइएको थियो ।
बैठकले क्याम्पसको आर्थिक समिति प्राज्ञिक समिति निर्माण समिति र कार्यसम्पादन समितिबाट पारित भई अनुमोदनका लागि समितिको बैठकमा पेश भएका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।
बैठकले क्याम्पसको आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम तयार गर्नका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको संयोजकत्वमा क्याम्पस, उपाध्यक्ष खर सिं दराई, आर्थिक समितिका अध्यक्ष गोपाल सुर्खाली, निर्माण तथा खरिद समितिका अध्यक्ष क्याप्टेन सहविर उचाइ, सञ्चाल समितिका सदस्य एवं उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठनाथ मिश्र, क्याम्पस प्रमुख महाप्रसाद हडखले, प्राध्यापक संघ क्याम्पस इकाइका उपाध्यक्ष चिरन्जीवी बस्नेत, आन्तरिक लेखा समितिका संयोजक ठाकुर बहादुर दराई, अभिभावक-प्राध्यापक संघका अध्यक्ष लक्ष्मीकान्त मिश्र, आइक्युएसी प्रमुख, विश्वेश्वर तिमल्सेना, स्वमूल्यांकन प्रतिवेदन लेखन समितिका संयोजक सागर पौडेल र लेखा अधिकृत विष्णु प्रसाद रिजाल समेत रहेको बजेट नीति तथा कार्यक्रम तयारी उपसमिति गठन गरेको छ।
बैठकले क्याम्पसको प्राध्यापक कर्मचारीको स्वमूल्याङ्कन फारमलाई परिमार्जन गर्ने निर्णय गरेको छ।
त्यसैगरी बैठकले क्याम्पस परिसरमा उद्यान व्यवस्थापन गर्न उद्यान व्यवस्थापन कार्यविधि २०८१ लाई पारित गरी लागू गर्ने निर्णय गरेको छ।
बैठकले क्याम्पसमा कार्यरत प्राध्यापकहरूको सहभागितामा २०८१ असार ६ र ७ गते आयोजना हुने वर्ष २०८०/०८१ नतिजाको विद्यार्थी भर्ना, विद्यार्थी ड्रपआउट र विद्यार्थी नतिजाको अवस्था, कारण र समस्याको समाधान सम्बन्धी सुझाव, कक्षा शिक्षणमा प्रयोग भएको विधि र शिक्षण सामग्रीका प्रयोग बारेमा छलफल एवं विश्लेषण गर्ने कार्यक्रमको प्रस्तावलाई स्वीकृति दिएको छ।
बैठकमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखराका क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी, क्याम्पस प्रमुख धर्मराज बराल, सहायक क्याम्पस प्रमुख मोहन भण्डारी र आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख रामजी सुवेदी समेतको विशेष उपस्थिति रहेको थियो । बैठकमा गोप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले उक्त क्याम्पसको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सहयोजनामा २०८१ असार २१ र २२ गते पोखरामा गरिन लागेको इन्टरनेसनल कन्फ्रेन्स अन सस्टेनेबल बिजनेस एण्ड म्यानेजमेन्ट विषयक २ दिने अन्तर्राष्ट्रिय गोष्ठीको दुई क्याम्पसहरूबाट हालका मितिसम्म गरिएको तयारीको अवस्था, कार्यप्रगति विवरण र अब गर्न बाँकी कामको योजना सम्बन्धमा बोल्नुभएको थियो ।
बैठकले आर्थिक वर्ष २०८०/०८१ को क्याम्पसको आम्दानी खर्चको आन्तरिक तथा बाह्य लेखा परीक्षण २०८१ श्रावण मसान्तभित्र गर्ने प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासनलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
बैठकमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसमा आब २०८१/०८२ मा क्याम्पस परिसरमा निर्माण हुने प्रशासनिक भवनको विद्युतीय बोलपत्र आह्वान गर्ने समेत निर्णय भएको छ।
बैठकमा प्राविधिक तहबाट अध्ययन गरी सम्भव देखिएमा क्याम्पसले सञ्चालनमा ल्याउन लागेको बोरिङ खानेपानी योजनाबाट निर्मल माविलाई पनि खानेपानी सहयोग गर्ने सम्बन्धी निर्णय लिईएको छ।
बैठकमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८१/०८२ मा क्याम्पसलाई सभा कक्षको व्यवस्थापनका लागि कुर्ची खरिद गर्न ३ लाख ५० हजार अनुदान सहायता प्राप्त भएको र कुर्ची खरिद गरिएको जानकारी गराइएको थियो।
बैठकले क्याम्पस सञ्चालक समितिका सदस्य सरिता थापा भण्डारीको ममतामयी आमा मनुमाया थापाको मिति २०८१.२.१५ गते ८५ वर्षको उमेरमा, क्याम्पसका छात्रवृत्ति कोषका संस्थापक समाजसेवी एवं साविक पोखरीभञ्ज्याङ गाउँ पालिकाका पूर्व अध्यक्ष पुष्पराज तिवारीको २०८१.२. २४ गते ९० वर्षको उमेरमा, रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख श्री हरिभूषण कुशवाको मिति २०८१ जेष्ठ ३२ गते, क्याम्पसका बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति आले मगरको २०८० १२.१९ गते २० वर्षको उमेरमा, क्याम्पस मा विविएस प्रथम वर्षमा अध्ययनरत छात्रा अनिषा श्रेष्ठको मिति २०८१.१.१५ गते २० वर्षको उमेरमा, विविएस दोस्रो वर्षमा अध्ययनरत छात्रा एकता मिश्रको २०८१.२.३२ गते २० वर्षको उमेरमा असामयिक देहवसान भएकोमा स्वर्गीय आत्माहरूको चिर शान्तिको कामनाका साथै उहाँहरु सबैप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा क्याम्पस परिवारको तर्फबाट समवेदना प्रस्ताव पारित गरी १ मिनेट मौन धारण गरि बैठकको समापन गरिएको थियो।