Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

IQAC MEETING

News & Events Image

Published by: admin

2024-02-07

महत्वपूर्ण निर्णयहरूका साथ क्याम्पसको आन्तरिक गुणस्तर मूल्यांकन समितिको बैठक समितिका प्रमुख विश्वेश्वर तिमिल्सिनाको अध्यक्षतामा मंगलबार साँझ सम्पन्न  क्याम्पसमा भएको छ। बैठकमा क्याम्पसको वर्तमान शैक्षिक, प्रशासनिक आर्थिक र भौतिक अवस्था र चुनौतिका विषयमा गहन छलफल भएका छन्। बैठकमा क्याम्पसका शैक्षिक विभागहरु मार्फत एक एक पूरक पाठ्यक्रम सञ्चालन गर्ने,   विभागहरुवाट वार्षिक कार्ययोजनाको कार्यान्वयनको प्रगति प्रतिवेदन मात्र गर्ने ,  शिक्षकहरूलाई शिक्षण कार्यको पियर रिभ्यू गर्न लगाउने, आन्तरिक परीक्षाको नतिजा विश्लेषण गर्ने र  अभिभावकको उपस्थितिमा नतिजा वितरण गर्ने व्यवस्था मिलाउने र विविएको अध्ययन अध्यापनमा विद्यार्थीहरुवाट प्राप्त गुनासो समाधान गर्ने लगायतका निर्णयहरु भएका छन।