Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

रुम टु रिडको आयोजनामा लैङ्गिक हिंसासम्बन्धी एक दिने अभिमुखीकरण

News & Events Image

Published by: admin

2023-12-27

रुम टु रिडको आयोजनामा लैङ्गिक हिंसासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा शुक्रवार सांझ विद्यालयमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य तथा अधिवक्ता सरिता थापा भण्डारीले रूम टु रिडको बालिका शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययन गरिरहेका ४५ जना छात्राहरुलाई लैङ्गिक हिंसा र त्यस सम्बन्धी कानुनी सजायाको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष ऋषिराम ढुंगाना, क्याम्पस प्रमूख महाप्रसाद हड्खले, प्रअ चिरन्जीवि बस्नेत र शिक्षिका अस्मिता अधिकारीले बोल्नु भएको थियो। रुम टु रिडका परिचालिका लक्ष्मी सिग्देल र कलावती विमलीले सहजिकरण गर्नुभएको थियो।