Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

पूरक पाठ्यक्रम - मगर भाषा प्रशिक्षक प्रशिक्षण तालीम

News & Events Image

Published by: admin

2024-07-21

आदिकवि भानुभक्त क्याम्पसले भोलि २०८१.४.६. आइतवार विहान ६:०० बजेदेखि क्याम्पसमा सञ्चालन गर्न लागेको पूरक पाठ्यक्रम - मगर भाषा प्रशिक्षक प्रशिक्षण तालीमको प्रमुख अतिथि एवं स्रोत व्यक्ति प्राज्ञ डा. विष्णु सिंजालीको उपस्थितिमा आज २०८१.४.५ गते शनिवार ४:० देखी ५:०० बजे क्याम्पसमा तयारी बैठक सम्पन्न भएपछि । पुरक पाठ्यक्रम बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म ७ दिन सम्म जन्म ४८ घण्टा सञ्चालन हुनेछ। मगर भाषाका छ जना विज्ञहरूले सहभागीहरूलाई तालिम दिनुहुनेछ।
कम्तिमा कक्षा १२ उत्तीर्ण गरेका ३० जना प्रशिक्षार्थीहरूले उक्त तालिममा भाग लिँदैछन् । तालिम लिनेहरूमा ७०% क्याम्पसका विद्यार्थीहरू र ३०% समुदायका व्यक्तिहरू रहेका छन्।
क्याम्पसले गठन गरेको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समितिले उक्त तालिमको आयोजना व्यवस्थापन गरेको छ। उक्त समितिको संयोजकमा क्याम्पस सञ्चालक समितिका सदस्य क्याप्टेन सोमबहादुर थापा रहनुभएको छ। सु पाठ्यक्रमको निर्माण मगर भाषा विज्ञ इन्द्रबहादुर थापाले गर्नुभएको थियो।