Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

गुरुमाँ नारायणी ज्यूको कविता संग्रह व्यास वाटिकाको

News & Events Image

Published by: admin

2024-01-01

आदिकवी भानुभक्त क्याम्पसकि सहायक प्राध्यापक, साहित्यकार गुरुमाँ नारायणी ज्यूले आफ्नो ५० औ जन्मदिवसको अवसर पारेर कविता संग्रह व्यास वाटिकाको आइतबार दिउँसो व्यास नगरपालिका सभा कक्षमा लोकार्पण भएको छ । छन्दकवि अधिकारीद्वारा लिखित पुस्तकको बिहान ११ बजे व्यास नगरपालिकाको हलमा नगर प्रमुख बैकुण्ठ न्यौपानेज्यूबाट बिमोचन भएको हो। नेपाली लेखक संघ हुँदै गण्डकी प्रदेश कमिटीमा रहेकी अधिकारीको यो पहिलो कृति भए पनि उहाँकोफुटकर कविता भने दर्जनौ प्रकाशित छन् ।
गण्डकी वाङमय प्रतिष्ठान तनहुँको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थिति भई कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सबैमा अधिकारीले साहित्यिक व्यक्तित्व, साहित्य प्रेमी र शुभेच्छुकहरुलाई अनुरोध गरेकी छिन ।
नारायणी अधिकारी नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको उपसभापति पदमा गुरुमाँ कार्यरत रहनुभएको छ ।
व्यास वाटिका निम्न बमोजिमका कृतिहरु समावेश गरिएका छन् ।
व्यास वाटिका, आमा हुँदा साथमा, दुर्गा भवानी उठ ।, आशीर्वचन, वैभव वाटिका, सत्प्रेमले स्वागत, खै स्वाभिमानीपन, वीपीश्री स्मृति, कस्तो छ भित्री दिल, शान्ति सुधा, संस्कार, चल्दैन यो ढङ्गले, बुबाप्रति, आऊ दशैमा घर, औषधी दे चरी, वात्सल्य, लक्ष्मी स्वयम् भित्रियौ , महामानव, आओस् नयाँ आँकुरा, मनोवाद, आस्था हराएपछि, तिर्ने छ बाँकी ऋण, मेरा सुनौला दिन, के हुन्छ नेपाल यो, म ब्यूँझिदा प्रभातमा, हे दैव हेर्छस् कता, पर्खेर शिक्षालय,सङ्घर्ष हो जिन्दगी, लेख्तैन कोही किन, खडेरी, साझा बनोस् चिन्तन, बन्धुत्व हाम्रो बढोस, रक्षा मलाई गर, बढोस , अन्तर्नाद, वाङ्मय घर, सेती गङ्गा, रूपा, श्रद्धेय श्रद्धाञ्जलि, प्रकृति, विदाइ , फूल, हिंसा, कसरी म बाचूँ , नारी, बिर्सिन्नं नारायण, मिल्ला कहाँ उत्तर, सहारा, किर्ना जुका हो उठ, सूर्य छेकेर हेर,आमा विनाको घर र इच्छा