Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

प्राज्ञिक समिति बैठक

News & Events Image

Published by: admin

2024-01-26

आदिकवि भानुभक्तक्याम्पस प्राज्ञिक समिति बैठक शुक्रबार साँझ क्याम्पसमा सम्पन्न भएको छ। क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा बसेको थियो।उक्त बैठकले गत माघको ३ गतेबाट १० गतेसम्म भारतको जवाहलाल नेरु विश्वविद्यालय, जीआईएमएस ईन्सटिच्यूट अफ म्यानेजमेन्ट, साउथ एसियन विश्वविद्यालय र आइटीएम विश्वविद्यालयमा क्याम्पसको सञ्चालक समिति प्राध्यापक कर्मचारी र विद्यार्थी प्रतिनिधिको भ्रमण दलले गरेको अध्ययन अवलोकन र सहकार्यको सम्झौता सम्बन्धमा बैठकमा समीक्षा गरिएको थियो । उक्त बैठकमा अभ्यास शिक्षण समितिका तर्फबाट समितिका अध्यक्ष लालप्रसाद भट्टराईले समितिले सम्पन्न गरेको क्रियाकलापको प्रतिवेदन पेश गरिएको थियो। बैठकमा स्नातक तह चौथो वर्षका नेपाली अङ्ग्रेजी विज्ञान र गणित विषयका विद्यार्थीहरूको विद्यालयमा भइरहेको अभ्यास शिक्षण कार्यक्रमको अनुगमन तालिकाका सम्बन्धमा छलफल भएको थियो।बैठकमा अतिरिक्त क्रियाकलाप समितिका तर्फबाट समितिका अध्यक्ष तिलबहादुर थापाले पेश गरेको यस वर्षको स्पोर्ट्स मीट फागुनको १ गतेबाट ६ गतेसम्म क्याम्पसमा सञ्चालन गर्ने सम्बन्धि प्रस्ताव माथि छलफल गरी पारित गरिएको छ।बैठकमा विज्ञान तथा प्रविधि विभाग का तर्फबाट विभागका प्रमुख राजन घिमिरे र विभागका सदस्य प्रकाश गैह्रेले पेश गरेको  नन-क्रेडिट कोर्स पारित गरी सोको अध्यापन  कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले आगामी माघ १४ गते बिआइसिटी कार्यक्रम प्रमुखको संयोजकत्वमा एबिआइटी क्लबसँग आगामी विन्टर बुट क्याम्पको तयारी बैठक गर्ने र माघ १६ गते विइसिटिइ कार्यक्रममा अध्यापनरत प्राध्यापकहरूको सिकाई उपलब्धि र नतिजा विश्लेषण सम्बन्धि छलफल गर्ने निर्णय गरेको छ । त्यसै गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूको छात्रवृत्तित् आवेदन फारम फागुन १ गतेसम्म खुल्ला गर्ने र स्नातक तेस्रो र चौथो वर्षको छात्रवृत्ति आवेदक विद्यार्थीहरूको अन्तर्वार्ता माघ १९ गते दिनको ३ बजे आयोजना गर्ने, रूम टु रिड संस्थासँगको सहकार्यमा क्याम्पसमा अध्ययनरत छात्रहरूको ज्ञान सिपको सबलीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने, स्नातकोत्तर तहमा प्रवेश परिक्षा दिएर भर्ना भएका विद्यार्थीहरूका लागि विभाग मार्फत अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने, गत पुसको अन्तिम सप्ताहमा सञ्चालन भएको स्नातक तहको आन्तरिक परीक्षाको नतिजा १९ गते बिहान प्रकाशन गर्ने, पटकदेखि आन्तरिक परीक्षाको नतिजाको लब्धाङ्क पत्र विद्यार्थीलाई उपलब्ध गराउने लगायतका महत्वपूर्ण निर्णयहरु बैठकले गरेको छ। बैठकमा क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आले मगरले हिउँदे विधामा कर्मचारीहरूबाट सम्पादन भएका महत्वपूर्ण कार्यहरूको जानकारी गराउनुभएको थियो। बैठकमा क्याम्पसका विभागहरूलाई अनिवार्य रूपमा कम्तिमा एउटा नन-क्रेडिट कोर्स तयार गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिने निर्णय भएको छ। बैठकमा आगामी फागुनको पहिलो हप्ता आयोजना हुने विज्ञान ओलम्पियडको तयारीको बारेमा विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेले पेश गर्नुभएको प्रस्तावमाथि छलफल भई पारित भएको छ ।