Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

शिक्षाशास्त्र संकाय डिनको क्याम्पसको शैक्षिक अनुगमन

News & Events Image

Published by: admin

2024-05-30

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयबाट बुधबार बिहान आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक अनुगमन गरिएको छ।  डिनको कार्यलयका तर्फबाट सहायक डिन प्रा. डा. शोभाखर कँडेल र त्रिभुवन विश्वविद्यालय स्वास्थ्य  शारीरिक शिक्षा विषय  समितिका अध्यक्ष डा. माधव श्रेष्ठले अनुगमन गर्नुभएको थियो।  सो अवसरमा क्याम्पसको भौतिक पूर्वाधार, पुस्तकालय,परीक्षा, प्रशासन लगायतका शाखाहरू र शैक्षिक विभागहरूको अनुगमन पश्चात प्राध्यापकहरूको कक्षा शिक्षणको अवलोकन गरिएको थियो। सोही क्रममा डिन कार्यालयका प्रतिनिधिहरूद्वारा क्याम्पसका शिक्षाशास्त्र संकाय अन्तर्गतका विभिन्न विषयहरूको अध्ययन अध्यापनमा संलग्न प्राध्यापक र कर्मचारीहरूसँग अन्तरक्रिया गरिएको थियो। क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा प्राध्यापकहरुले उठाएका पाठ्यक्रम शिक्षण विधि र प्रश्नपत्र निर्माण तथा सो तथा अनुसन्धान सम्बन्धी जिज्ञासाहरूको उत्तर प्रा. डा. कँडेल र डा श्रेष्ठले उत्तर दिनुभएको थियो। प्राडा कँडेलले प्राध्यापकहरूलाई शिक्षण विधिमा निखार ल्याउन, सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण विधिमा प्रयोग गर्न, आधुनिक एवं प्रभावकारी शिक्षण विधि अनुसार कक्षा शिक्षण गर्न, विद्यार्थी केन्द्रित शिक्षण र उनीहरूको ज्ञान र सीपको सर्वपक्ष मूल्याङ्कन बिधिको प्रयोग गर्न र शोध तथा अनुसन्धान कार्यलाई महत्वको साथ अनिवार्य रुपमा सम्पादन गर्न र प्राध्यापकहरूलाई ती कार्यहरू सम्पादन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन क्याम्पस प्रशासनलाई सुझाव दिनुभएको थियो। कार्यक्रममा सञ्चालक समितिका सदस्य अपार पौडेल सहायक क्याम्पस प्रमुख द्वय डाक्टर रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे, शिक्षाशास्त्र विभागका प्रमुख गजेन्द्र पौडेल र बिआइसिटिइ कार्यक्रमका प्रमुख इ. घनबहादुर आले र शिक्षाशास्त्र संकाय अन्तर्गत क्याम्पसले सञ्चालन गरेका स्नातक र स्नातकोत्तर तह अन्तर्गतका शैक्षिक कार्यक्रम अन्तर्गतका विषयगत प्राध्यापकहरूको उपस्थिति रहेको थियो।