Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

स्वागत एवं अभिमुखीकरण कार्यक्रम

News & Events Image

Published by: admin

2024-01-30

आदिकवि भानुभक्त क्याम्पसमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना भई अध्ययन प्रारम्भ गरेका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम मंगलबार क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ।सम्पन्न भएको छ । उक्त कार्यक्रम क्याम्पसको आयोजनामा शिक्षाशास्त्र विभागका प्रमुख गजेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सेमेस्टर प्रणाली, त्यसको मूल्याङ्कन प्रक्रिया, शुल्क र अध्यापन विधिका बारेमा बोल्नुभएको थियो। उक्त अवसरमा नेपाली, अङ्ग्रेजी र शिक्षा शास्त्र विभागका तर्फबाट नेपाली विभागका प्रमुख सुशीलप्रसाद वाग्लेले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो। नवागन्तुक विद्यार्थीहरूलाई फूलका गुच्छा प्रदान गरी स्वागत गरिएको थियो। सहभागी विद्यार्थीहरुलाई कक्षा रुटिन, मूल्याङ्कनको आधार र प्रथम सेमेस्टरमा पढाइ हुने विषयका पाठ्यक्रमका प्रतिलिपिहरु वितरण गरिएको थियो। मुख्य विषय अङ्ग्रेजी लिएर एम एक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अङ्ग्रेजी विषय विभागका प्रमुख वसन्त कँडेल, महाप्रसाद हड्खले, बिमल खत्री र लालप्रसाद भट्टराईले एम एड अंग्रेजीको विषयहरूका बारेमा अभिमुखीकरण गराउनुभएको थियो।एमएडतर्फ मुख्य विषय इपिएम लिएर अध्ययन गर्ने विद्यार्थीहरूका लागि शिक्षाशास्त्र विभागका प्रमुख गजेन्द्र पौडेल, कल्पना आचार्य र वीरबहादुर गुरुङ लगायतका प्राध्यापकहरूले अभिमुखीकरण गराउनु भएको थियो। त्यसैगरी मुख्य विषय नेपाली लिएर एम एड अध्ययन गर्ने विद्यार्थीहरूलाई विभागिय प्रमुख डा. सुशीलप्रसाद वाग्ले, डा. रामकुमार अधिकारी, विष्णु घिमिरे लगायतका प्राध्यापकहरुले अभिमुखीकरण गराउनुभएको थियो।कार्यक्रममा उपस्थित प्रथम सेमेस्टरमा पठाउने विषय शिक्षकहरु मध्ये भरत काफ्लेले एमएड तहमा पठाइ हुने अनिवार्य विषयहरुका पाठ्यक्रमका बारेमा अभिमुखीकरण गराउनुभएको थियो। तनहुँ जिल्लामा आदिकवि भानुभक्त क्याम्पसमा मात्रै स्नातकोत्तर तहमा एम एड, एम एम ए र एम वि एसको पठनपाठन हुने गर्दछ। क्याम्पसमा एम एडतर्फ नेपाली, अङ्ग्रेजी र इ पी एम, एम ए तर्फ समाजशास्त्र र एम बि एसमा व्यवस्थापनका विषयहरूको अध्ययन अध्यापन हुने गर्छ। यस वर्ष एम बि एसतर्फ ४० जना, एम एडतर्फ ३० जना तथा एम एतर्फ १६ जना विद्यार्थीहरुले आदिकवि भानुभक्त क्याम्पसबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा उत्तीर्ण गरेका छन्। विद्यार्थीहरूको प्रथम सेमेस्टरको अध्ययन अध्यापन बुधबारबाट सुरु हुँदैछ।क्याम्पसले एम एड र एम ए तहको अध्ययन अध्यापन साँझ ५ बजेदेखि ८ बजेसम्म र एम बि एस तहको अध्ययन अध्यापन बिहान ६ बजेदेखि ९ बजेसम्म गर्ने व्यवस्था मिलाएको छ।