Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

प्राज्ञिक यात्रा : अनुभव आदानप्रदान कार्यक्रम

News & Events Image

Published by: admin

2024-06-23

आज २०८१.३.९ गते बिहान क्याम्पसमा प्राज्ञिक यात्रा : अनुभव आदानप्रदान कार्यक्रम (Scholarly Journey : Experience Sharing Session) सम्पन्न भएको छ।
उक्त अवसर ०८१ वैशाख,जेठ र असार महिनामा विद्यावारिधि तह अध्ययन सम्पन्न गर्ने र विभिन्न राष्ट्रिय, प्रादेशिक तथा क्याम्पस तहमा आयोजित गोष्टि तथा कार्याशालामा सहभागी प्राध्यापहरूले आफ्नो अनुभव र सिकाई/ उपलब्धि प्रस्तुत गर्नु भएको थियो।
सो अवसरमा क्याम्पसका उपप्राध्यापक एवं अङ्ग्रेजी विभागका प्रमुख उप-प्राध्यापक डा. वसन्त कँडेलले त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायबाट अङ्ग्रेजी शिक्षामा 'क्रिएसन, इन्टरप्रेटेसन एण्ड एप्रोप्रिएएस अफ ल्यांग्वेज पोलिसी ईन नेपाल : अ क्रिटिकल एथनोग्राफी अफ व्यास म्युनिसिपालीटि' शीर्षकमा विद्यावारिधि तहको अध्ययनको अनुभव व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा भानुभक्तिय रामायणमा पौरत्स्य दर्शन विषयमा महेन्द्र संस्कृत विश्वविद्यालय वाट विद्यावारिधी तहको अध्ययन पुरा गर्नुभएका उप- प्राध्यापक डा. शुसिल प्रसाद वाग्लेले उक्त अध्ययन गर्दाको आफ्नो गहन प्राज्ञिक यात्राको अनुभव व्याक्त गर्नु भएको थियो।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, आईक्यूएसी प्रमुख विशेश्वर तिमल्सेना, विविए निर्देशक दिपा थापा, प्रकाश गैह्रे, विमल गिरी, विमल खत्रि, गोपाल ढुंगाना, मिना श्रेष्ठ र बुद्ध कुमार श्रेष्ठले आफूले गोष्ठि र कार्याशालाहरुमा सहभागी भएपछिको सिकाई उपलब्धि व्याक्त गर्नु भएको थियो।
आदिकवि भानुभक्त क्याम्पस भित्र आयोजना हुने र क्याम्पस बाहिर अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था एवं विश्वविद्यालय तथा क्याम्पसहरूले आयोजना गर्ने सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरूमा अनलाइन माध्यम तथा प्रत्यक्ष रूपमा सहभागी हुन इच्छुक प्राध्यापक एवं कर्मचारीहरूलाई उनीहरुको शैक्षिक योग्यता वृद्धि गर्न र उनीहरुको अध्यापन, अनुसन्धान क्षमता र विकास गर्न र व्यवस्थापकीय सिप र नेतृत्व क्षमता अभिवृद्धि गर्नका लागि क्याम्पसले नै खर्च बेहोर्ने गरी सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।