Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

नेपाल पब्लिक क्याम्पस संघ, तनहुँको पाँचौं जिल्ला अधिवेशन

News & Events Image

Published by: admin

2024-06-25

नेपाल पब्लिक क्याम्पस संघ, तनहुँको पाँचौं जिल्ला अधिवेशन आदिकवि भानुभक्त क्याम्पस, विज्ञानचौर, व्यास- १, दमौली, तनहुँमा २०८१.३.८ गते शनिबार बिहान सम्पन्न भएको छ । अधिवेशन संघको तनहुँ जिल्ला अध्यक्ष तथा जनज्योति क्याम्पस, भिमादको सञ्चालक समितिका अध्यक्ष माननीय जित प्रकाश आलेको अध्यक्षतामा भएको थियो। अधिवेशनको प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय सदस्यको गण्डकी प्रदेश सभा सदस्य माननीय श्याम राजा महतले उद्घाटन गर्नुभएको थियो। उक्त अधिवेशनलाई अतिथिहरू - नेपाल पब्लिक क्याम्पस सङ्घपूर्व केन्द्रीय अध्यक्ष एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्बोधन गर्नुभएको थियो।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख एवं सङ्घको गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसका चुनौती, अवसर र संघीय प्रादेशिक र स्थानीय सरकारहरुसँग जनस्तरबाट सञ्चालन हुँदै आएका जिल्लाका सामुदायिक क्याम्पसहरूको अपेक्षाका बारेमा बोल्नुभएको थियो ।
सो अवसरमा संघका सचिव विजयराज खनालले सङ्घको वार्षिक कार्य प्रगति एवं आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।
अधिवेशनले सामुदायिक क्याम्पसहरूको सञ्चालन, भौतिक पूर्वाधार निर्माण र त्यहाँ कार्यरत प्राध्यापक कर्मचारीको सेवा सुविधाको प्रत्याभूति गर्न र उनीहरूको योग्यता, ज्ञान, सिप र क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने गरी नीति, कार्यक्रम तथा योजना तय गर्न उक्त सभाले संघीय, प्रादेशिक एवं स्थानीय सरकारहरुलाई आह्वान गर्ने र सामुदायिक क्याम्पसलाई उच्च शिक्षाका थप प्राविधिक एवं रोजगारमूलक शैक्षिक कार्यक्रमहरू सञ्चालनको अनुमति प्रदान गर्न र सामुदायिक क्याम्पसहरूलाई आर्थिक एवं भौतिक टेवा प्रदान गर्ने कार्यक्रमहरू सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय र प्रदेश विश्वविद्यालयलाई आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।
पाँचौं अधिवेशनबाट आँबुखैरेनी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ऋषि केसीको अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा सीके बिके क्याम्पस बन्दीपुर-१ अध्यक्ष सुन्दरलाल श्रेष्ठ, सचिवमा आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक संघका उपाध्यक्ष चिरञ्जीवी बस्नेत, कोषाध्यक्षमा त्रिभुवन क्याम्पस मानेचौका भानुका क्याम्पस प्रमुख रविन्द्र जोशी, र सदस्यहरूमा तनहुँ शारदा क्याम्पसका अध्यक्ष सीताराम अधिकारी, बन्दीपुर-१ का क्याम्पसका नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घका ईकाई अध्यक्ष गोवर्धन भट्टराई, सहिद कृष्ण क्याम्पस, शुक्ला गण्डकीका क्याम्पस प्रमुख हरिप्रसाद लम्साल रहनुभएको छ ।
सङ्घको जिल्ला कार्यसमिति निर्वाचन प्रबन्ध समिति संयोजकमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य एवं जनज्योति क्याम्पस भिमाद, तनहुँका क्याम्पस प्रमुख केशवराज काफ्ले र सदस्यहरूमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी र नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकीका अध्यक्ष एवं आदिकवि भानुभक्त क्याम्पस मानविकी तथा समाजशास्त्र विभागका प्रमुख बिमल गिरी रहनुभएको थियो।
उक्त अधिवेशनमा जिल्लाका सामुदायिक क्याम्पसहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सङ्घको विधान अनुसार क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका अध्यक्ष वा प्रतिनिधि संघको जिल्ला अधिवेशनको प्रतिनिधि रहने व्यवस्था रहेको छ। तनहुँ जिल्लामा १० वटा सामुदायिक क्याम्पसहरू सञ्चालनमा रहेका छन्।
सो अवसरमा नवनिर्वाचित संघका जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई संघका जिल्ला अध्यक्ष, प्रमुख अतिथि अतिथि र निर्वाचन प्रबन्ध समितिका पदाधिकारीहरूवाट माला अविर र खादा पहिराई बधाई ज्ञापन गरिएको थियो ।
अधिवेशनको लगत्तै नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई निवर्तमान पदाधिकारी एवं सदस्यहरूले कार्यभार हस्तान्तरण गर्नुभएको थियो। कार्यभार सम्हाल्दै नवनिर्वाचित अध्यक्ष केसीले आफ्नो प्रतिबद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
आदिकवि भानुभक्त क्याम्पसमा रहेको छ ।