Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मितेरी गाउँ छनौटको क्रममा भानु १३ स्थित टुटेपनि गाउँ

News & Events Image

Published by: admin

2023-09-03

आदिकवि भानुभक्त क्याम्पस मितेरी गाउँ छनौटको क्रममा भानु १३ स्थित टुटेपनि गाउँका स्थानीय समुदाय र क्याम्पस विच दौतरी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा शनिवार दिउसो अन्तरक्रिया सम्पन्न भएको छ ।
करिव चार दशक अघि तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा स्थापना भएको आदिकवि भानुभक्त क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, वन तथा वातावरणका साथै स्थानीय मौलिक कलासंस्कृति र खाद्यवस्तुहरुको संरक्षण एवं विकासगरी स्थानीय समुदायको सुख, शान्ति र समृद्धिमा हातेमालो गर्दै गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य राखेर आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँको अवधारणा अघि सारेको हो । गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधारहरु, स्थानीय निकायको संलग्नता, पर्यटन विकास सम्वन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा जिल्लाको कुनै एक गाउँ छनौट गरिनेछ ।
आदिकवि भानुभक्त क्याम्पसको भूमिका
मुलुकको पर्यटन क्षेत्रमा काम गरिरहेका थुप्रै मानिसहरू प्रत्यक्ष वा परोक्ष जस्तोसुकै रोजगारमा भए पनि उनीहरु मध्ये अधिकांश दीगो पर्यटन विकास तथा संस्कृति संरक्षण सम्वन्धी कम सचेत छन् । तसर्थ, हाम्रा जीवन्त पुख्र्यौली पेशा र सीपका साथसाथै अतिथि सत्कार तथा खाना वनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ–प्रदर्शनका सीप, जलविहार गाइड, फोहोर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैंगिक सचेतना, एचआईभी एड्स, गोबरग्याँस तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाहरूका आधारभूत स्वास्थ्य समस्या, पदयात्रा र पर्या–पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवद्र्धन, वातावरणीय सचेतना, साधारण अंग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्वन्धी अन्तरक्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीहरुका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग समन्वय र सहकार्य गर्नेछ ।
त्यसैगरी गाउँको विषयगत प्रोफाईल निर्माण, पर्यटन सेवाहरुको विविधीकरण, सम्पदाहरुको संरक्षण, पर्यटकीय पूर्वाधारहरुको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध र कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह«ै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्गहरु, आफूले छनोट गरेको र तिरेको रकमअनुसारको आवास तथा यातायातको गुणस्तर, आतिथ्यता र सेवाको स्तर, पर्यटकसँग हुने कुराकानीका साथै पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्वन्धित पक्ष समक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गर्नेछ ।
 
May be an image of 8 people
May be an image of 6 people, beard, people smiling and suit
May be an image of 6 people