Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विधार्थी क्लबहरुको समन्वयमा मौलिक देउसी भैलो कार्यक्रम सम्पन्न

News & Events Image

Published by: admin

2023-11-12

आज मिति २०८० कार्तिक २४ गते शुक्रबारका दिन बिहान आदिकवि भानुभक्त क्याम्पस परिसरमा ए.बी.म्याथ म्याट्रिक्स सर्कलको आयोजना र क्याम्पसको अन्य विधार्थी क्लबहरुको समन्वयमा मौलिक देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । सर्कलको अध्यक्ष बर्षा गुरुङको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख डा रामकुमार अधिकारी  ,  अतिथिहरुमा सहायक क्याम्पस प्रमुख सागर पौडेल ,  पब्लिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पस इकाई प्रमुख एवम् नेपाली बिभाग प्रमुख बिजयराज खनाल , प्रजातान्त्रीक प्राध्यापक सङ्घ क्याम्पस इकाई प्रमुख एवम् मानविकी बिभाग प्रमुख बिमल गिरी , व्यवस्थापन बिभाग प्रमुख रामभक्त घिमिरे , अङ्ग्रेजी बिभाग प्रमुख बसन्त कडेँल , बिबिए बिभाग प्रमुख दिपा थापा , शिक्षा बिभाग प्रमुख गजेन्द्र पौडेल  ,अन्य प्राध्यापक तथा कर्मचारीज्यूहरु,स्वतन्त्र विधार्थी युनियन सचिव अनुप आले र सद्स्यहरु सुमन खड्का , सागर पाण्डे , नेपाल मगर विद्यार्थी संघ क्याम्पस ईकाइ अध्यक्ष एव स्ववियु सदस्य  निलिमा थापा  व्यवस्थापन बिधार्थी सर्कल अध्यक्ष निशा भण्डारी , आदिकवि नेपाली सिर्जनशील मञ्च अध्यक्ष लक्ष्मी लोहनी, विभिन्न क्लब प्रतिनिधिहरु र विधार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको स्वागत अस्मिता आले मगरज्यूले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन स्ववियु सदस्य अर्चना शाहले गर्नु भएको थियो ।