Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Bridging Continents:Interaction on Pedagogy, research and class management

News & Events Image

Published by: admin

2024-06-01

आदिकवि भानुभक्त क्याम्पसमा ब्रिजिङ कन्टिनेन्ट: इन्टर्याक्सन अन प्याडागोजी, रिसर्च, क्लास रुम म्यानेज्मेन्ट एण्ड बुक रिभ्यू विषयक एकदिने अन्तरक्रिया कार्यक्रम विहिवार क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ।   उक्त कार्यक्रममा क्यानाडास्थित अटोवा  विश्वविद्यालयका पत्रकारिता विभागका प्रमुख, नेपालमा लामो समय पत्रकारिता पेशा र पत्रकारिता विषयको अध्ययन अध्यापनको अनुभव बटल्नु भएका कवि तथा साहित्यकारको रूपमा सुपरिचित प्रोफेसर डाक्टर भानुभक्त आचार्यले क्यानाडेली विश्वविद्यालयहरूमा स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापनमा प्रयोग गरिने शिक्षण विधि,  अमेरिकी महादेशमा उच्च शिक्षामा विद्यार्थी र प्राध्यापकहरुले गर्ने सोध तथा अनुसन्धान र विश्वविद्यालयहरूका भर्चुअल तथा भौतिक कक्षाकोठाको व्यवस्थापनका सम्बन्धमा आफ्नो अनुभव र दृष्टिकोण समेटी सहभागी प्राध्यापकहरूलाई सहजीकरण गर्नुभएको थियो।   कार्यक्रममा आदिकवि क्याम्पसका ६४ जना प्राध्यापकहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा आचार्यद्वारा रचित 'शब्द ब्रह्मा' नामक कविता संग्रहका ५ वटा कविताहरूमाथि समीक्षा  गरिएको थियो। सो अवसरमा नेपाली विभागका प्रमुख उपप्राध्यापक सुशील चन्द्र वाग्लेले 'खबरदार होसियार' शीर्षकको कविता,  सहायक प्राध्यापक विष्णु घिमिरेले 'आत्महत्या' शीर्षकको कविता,  सहायक प्राध्यापक मीना श्रेष्ठले 'फुल यहाँ सुक्छ' शीर्षकको कविता, सहायक प्राध्यापक नारायणी अधिकारीले 'रजस्वला' शीर्षकको कविता र क्याम्पस पूर्व विद्यार्थी सङ्घकी उपाध्यक्ष चन्द्रावती हडखलेले 'भाषाको धर्म' शीर्षकको कविताको समीक्षा गर्नुभएको थियो। उक्त कविता संग्रह भित्रका कविताहरूको  लेखाइको सन्दर्भ र त्यससँग जोडिएका प्रश्नसँगहरूका बारेमा बोल्दै समीक्षामा उठाइएका विषयवस्तुलाई लेखक आचार्यले प्रष्ट पार्नुभएको थियो। कार्यक्रम क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा भएको थियो । कार्यक्रमका  सहभागीहरुलाई क्याम्पस सञ्चालक समितिका सदस्य एवं पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गर्नुभएको थियो।