Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

म्सि टोल विकास संस्था विच अन्तरक्रिया कार्यक्रम

News & Events Image

Published by: admin

2023-09-03

आदिकवि भानुभक्त क्याम्पस र रुम्सि टोल विकास संस्था विच अन्तरक्रिया कार्यक्रम आज भदौ १४ गते शानिवार विहान रुम्सिमा सम्पन्न भएको छ। टोल अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व डिएसपि नर बहादुर थापाको अध्यक्षतमा भएको थियो। सो अन्तरक्रियामा क्याम्पसका तर्फवाट सञ्चालक समितिका सदस्य एवं क्याम्पस दौतरी गाउँ छनौट समितिका संयोजक हरि सिं गुरुङ्ग, समितिका सदाय एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराम ढुंगाना, सदस्य एवं लायन्स क्लव अफ तनहुँका अध्यक्ष किसोर राज खनाल र सदाय एवं स्ववियु सभापति गौरव पन्थको सहभागीता रहेको थियो। क्याम्पस र व्यास-१४ को सांस्कृतिक गाउँ रुम्सि विच मितेरी सम्बन्ध कायम गरि उक्त गाउँको सामाजिक, आर्थिक, पर्यावरणीय, कृषि, पर्याटकिय र शैक्षिक तथा सांस्कृतिक विकासमा सहकार्यको सम्भावना का बारेमा क्याम्पस प्रमुख हड्खले र संयोजक गुरुङले सहजीकरण गर्नुभएको थियो। दोश्रो सिंगापुर र लाहुरेहरुको गाउँ उपनामले चर्चीत उक्त गाउँ मगर संस्कृतिका लागी चर्चीत रहेको छ । एकै ठाउँ झुरुप्प ११६ घर धुरि भएको सो गाउँवाट मनोरम हिमश्रृङ्खला र मध्यपहाडी टाकुराहरुको दृष्यावलोकन गर्न सकिन्छ। अन्तरक्रियाको संयोजन ब्यास १४ का वडा ग्रमिण पर्याटनको धेरै सम्भावना बोकेको रुम्सिको एकिकृत विकासमा वडा कार्यसमितिको तर्पुबाट प्रतिवद्धता जनाउनु भएको थियो । अध्यक्ष काजिमान श्रेष्ठले भेलाको संयोजन गर्नु भएको थियो। उक्त अवसरमा कार्यपालिका सदस्य नरिमाया रानाले गाउँको परिचय राख्नु भएको थियो । अन्तरक्रियामा वडा सदस्य दुर्गा बहादुर थापा, सामुदायीक वनका अध्यक्ष कर्ण बहादुर थापा, शिवशक्ति आमा समूहका अध्यक्ष नन्द कुमारी थापा, प्रगतिशिल युवा क्लवका अध्यक्ष रुद्र थापा, केशवटार माविका अध्यक्ष मान बहादुर थापा, समाजसेवी सुवेदार पदम बहादुर थापा, ज्ञान बहादुर थापा, भद्र बहादुर थापा, याम बहादुर आले, जुन बहादुर राना, राम आले, कुमार थापा लगायतले सहभागीता जनाउनु भएको थियो।