Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिवासी दिवसको अवसरमा क्याम्पसलाई सम्मान

News & Events Image

Published by: admin

2024-08-28

३०औँ विश्व आदिवासी दिवसको अवसरमा दमौलीमा आयोजित एक समारोह बीच आदिकवि भानुभक्त क्याम्पसलाई सम्मान गरिएको छ । आदिवासी जनजाति व्यास नगरपरिषद्को आयोजनामा भएको विश्व आदिवासी दिवस समारोहमा आदिकवि भानुभक्त क्याम्पसलाई सम्मान गरिएको हो। क्याम्पसले स्नातक तहमा मगर भाषामा पूरक पाठ्यक्रम तयार गरी क्याम्पस र समुदायका गरी ३० जना प्रशिक्षार्थीलाई मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेकाले सम्मान गरिएको आयोजकले बताएका छन्।
क्याम्पसलाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ 'जनस्तरबाट २०४४ सालमा स्थापित सामुदायिक उच्च शैक्षिक संस्था आदिकवि भानुभक्त क्याम्पस, व्यास नगरपालिका वडा नं.-१, विज्ञानचौर, भादगाउँ, तनहुँले क्याम्पस सञ्चालक समिति अन्तर्गत आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समिति गठन गर्नुका साथै क्याम्पसको शैक्षिक प्रशासन अन्तर्गत आदिवासी जनजाति भाषा तथा संस्कृति विभाग गठन गरी नेपालमै पहिलोपटक स्नातक तहमा मगर भाषा प्रशिक्षक प्रशिक्षण पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराउने व्यवस्था मिलाएको र आदिवासी तथा जनजातिको भाषा तथा संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण प्राज्ञिक कार्यको शुरुवात गरेकोमा यो सम्मानपत्र प्रदान गरिएको छ ।'
उक्त प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र कार्यक्रमका अध्यक्ष क्याप्टेन सोमबहादुर थापाले क्याम्पस प्रमुख महाप्रसाद हडखलेलाई हस्तान्तरण गर्नुभएको थियो ।