Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विद्यार्थीका लागि लागू औषध दुर्व्यासन सम्बन्धी एक दिने सचेतना कार्यक्रम

News & Events Image

Published by: admin

2024-05-17

आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीका लागि लागू औषध दुर्व्यासन सम्बन्धी एक दिने सचेतना कार्यक्रम २०८१.२.४ गते शुक्रबार बिहान क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रशिक्षक रामशरण रानाले बजारमा उपलब्ध लागू औषधका किसिम, लागू औषध प्रयोगकर्ताको व्यवहार, प्रयोगबाट हुने समस्याहरू, लागू औषध खरिद बिक्री एवं प्रयोग जस्ता जघन्य गैरकानुनी कार्य गरेबापत भोग्नुपर्ने कानुनी सजाय लागू औषध दुर्व्यसनीबाट मुक्त हुने उपायका बारेमा सहजीकरण गर्नुभएको थियो ।
सो कार्यक्रममा पूर्व लागू औषध प्रयोगकर्ता जितेन्द्र खत्रीले लागू औषधको दुर्व्यासनीमा आफू रहँदाको तितो अनुभव र लागू औषधिको कुलतबाट बाहिर निस्कन आफूले गर्न परेको सङ्घर्षका बारेमा बोल्दै भुलेर पनि कहिल्यै लागू औषदको प्रयोग नगर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।
सचेतना कार्यक्रम नेपाल मगर विद्यार्थी संघ, आदिकवि भानुभक्त क्याम्पस इकाइको आयोजना गरेको थियो । सो अवसरमा विद्यार्थीहरूले लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले लघुनाटक पनि प्रदर्शनी गरेका थिए। सचेतना कार्यक्रममा बोल्दै मगर विद्यार्थी संघ गण्डकी प्रदेश संयोजक बुद्ध गर्जा मगरले युवाहरूले कुलतमा फसेर आफ्नो र परिवारको जीवन बर्बाद बनाएको कैयौँ उदाहरण रहेको हाम्रो समाजमा क्याम्पसका विद्यार्थीहरुले आफूलाई गलत बाटोमा नलाग्न असल संगत बनाउन सुझाव दिनुभएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हडखलेले विद्यार्थीहरूलाई अति महत्त्वकांक्षी नबन्न, आफू स्वयं र परिवारको भविष्यप्रति जागरुक रहन र आनन्दको खोजीमा कुलतको उपाय नअपनाउन र सादा जीवन जिउन आग्रह गर्नुभएको थियो।
कार्यक्रम इकाईका अध्यक्ष सोन आले मगरको अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, गुणस्तर सुनिश्चितता प्रत्यायन समितिका प्रमुख
विश्वेश्वर तिमल्सेना। विभागीय प्रमुख ,प्राध्यापक, संघका पदाधिकारि एबं सदस्य ज्यूहरु ,विद्यार्थी नेता इन्जिनियर आशिष कैनी, ने वि संघ तनहुँका सदस्य रिम बहादुर आले मगर, JCI व्यास नगरका उपाध्यक्ष्य दूत वहादुर थापा ,स्व वि यु सचिव अनुप आले,जिल्ला प्रहरी कार्यालय तनहुँका बाबु राज अधिकारी, स्व वि यु पदाधिकारि एबं सदस्यहरु र क्याम्पसमा दर्ता भएका विभिन्न क्लबका अध्यक्ष एबं सदस्यहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो।