Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

युवा सशक्तिकरण कार्यक्रम

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पसमा आज २०८१.४.३० गते बिहान युवा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लायन्स क्लब ब्यास सिटीको आयोजना र क्याम्पसको सह आयोजनामा भएको थियो। कार्यक्रममा लायन्स क्लब अफ ब्यास सिटिका अध्यक्ष लायन एक प्रसाद श्रेष्ठ, द्वितीय अध्यक्ष लायन शान्ता बास्तोला, सचिव लायन राजु गोसली, पूर्व अध्यक्षहरू लायन अन्जु दाहाल र लायन प्रवीणकुमार मल्लले युवा सशक्तिकरणका विषयमा सहजीकरण गर्नुभएको । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले, क्याम्पस व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे, उपप्राध्यापक चिजकुमार श्रेष्ठ सहायक प्राध्यापक फुर्तिमान बस्नेत लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बिबिएस दोस्रो वर्षका विद्यार्थीहरूको सहभागिता रहेको थियो।