Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

क्याम्पसका सिनियर विद्यार्थीहरु पोडकास्ट शुरु

News & Events Image

Published by: admin

2023-09-08

क्याम्पसका सिनियर विधार्थीहरूले सहि लक्ष्य र बाटो लिंदा क्याम्पस र विद्यार्थी सबैलाई फाइदा पुग्दो रहेछ। यस क्याम्पसका सिनियर विद्यार्थीहरु BICTE का विकल श्रेष्ठ, विजय आले, र BBA का समुन्द्र ढकालले पोडकास्ट शुरु गरेका छन्। उनिहरूले अध्यनमा उम्दा सफल र पेशामा स्थापित भइसकेका क्याम्पसको वर्तमान तथा पूर्व विद्यार्थीहरु, क्याम्पसको व्यवस्थापनमा जुटेका शिक्षाविद्, समाजसेवी, प्राध्यापक, कर्मचारी, शिक्षा, संस्कृति, वन वातावरण पर्यावरण जुटेका अगुवाहरु उनिहरुका पोडकास्टका पाहुना हुने गरेका छन्। क्याम्पसलाई समाज र देशविदेशमा चिनाउन उनिहरूले गरेको प्रयत्न प्रशंशनिय छ । बिदाको दिनमा मोबाइलमा झुम्मिएर बस्ने, कुलत र दुर्व्यासनमा लाग्ने, कुरा काटेर समय बिताउने, मनोरञ्जनमै व्यास्त रहने धेरै विद्यार्थीहरुले सिप र व्यक्तित्वको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा उनीहरुबाट धेरैको सिक्नुपर्ने छ ।