Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विद्यार्थी सम्मान कार्यक्रम

News & Events Image

Published by: admin

2024-06-23

आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थी सम्मान कार्यक्रम आज २०८१.१.८ गत शनिबार दिउँसो सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको भएको थियो।
कार्यक्रमा क्याम्पसका पूर्व प्रमुख एवं व्यास नगरका मेयर बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । दीप प्रज्वलनका साथै र पूर्व विद्यार्थी एवं प्रहरी उपरीक्षक केदार खनाललाई सम्मान सम्मानपत्र हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा क्याम्पस प्रमुख सह प्राध्यापक महाप्रसाद हडखलेले सम्मान कार्यक्रमको औचित्य र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी एवं प्रहरी उपरीक्षक केदार खनाल विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमको संयोजन क्याम्पसको विद्यार्थी गुनासो परामर्श तथा रोजगार प्रतिस्थापन समितिले आयोजना गरेको थियो।
कार्यक्रममा क्याम्पसवाट कक्षा १२, स्नातक र स्नातकोत्तर तहको अध्ययन उत्तीर्ण गरी रोजगार प्राप्त गरेका अथवा स्वरोजगार रहेका ९५ जना विद्यार्थीहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा व्यास नगर मेयर न्यौपानेले स्तरीय शिक्षा को गन्तव्य स्थल बन्दै गएको आदिकवि भानुभक्त क्याम्पसले उच्च शिक्षा प्रदान गरेर समुदायका विपन्न तथा सिमान्तकृत वर्गका विद्यार्थीहरूलाई रोजगार र स्वरोजगारको अवसर दिलाउदै आएको र भविष्यमा यसलाई अझ स्तरीय शिक्षाको गन्तव्य स्थल बनाउनका लागि नगरपालिकाले क्याम्पसको पूर्वाधार विकासमा १ करोड भन्दा बढीको अनुदान सहायता रकम उपलब्ध गराइसकेको र आ.ब. ०८१/०८२ मा क्याम्पसको मूल भवनमा विद्युतीय भर्याङ लिफ्ट जडान गर्नका समेतका लागि २५ लाख बजेट विनियोजन गरेको जानकारी गराउनुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि प्रहरी उपरीक्षक केदार खनालले क्याम्पसले स्थापनाको ३३ वर्षमा निकै ठूलो फड्को मारिसकेको र एउटा उच्च शिक्षाको स्तरीय गन्तव्यका रुपमा आफूलाई चिनाइसकेको र पूर्व विद्यार्थीहरूलाई बोलाएर सम्मान गर्ने जस्तो कार्यले क्याम्पस र पूर्व विद्यार्थी बीच सौहार्दता कायम रहिरहने बताउनुभएको थियो।
बैठकमा क्याम्पस सञ्चालक समितिका सदस्य विष्णुभक्त न्यौपाने, सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराम ढुङ्गाना, विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थ, क्याम्पसका प्राध्यापक कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल को क्याम्पस इकाइका उपाध्यक्ष उप प्राध्यापक चिरञ्जीवी बस्नेत र पूर्व विद्यार्थी एवं जनज्योति क्याम्पसका पूर्व प्राध्यापक लक्ष्मी श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो।
उक्त सम्मान कार्यक्रममा सम्मानित हुनेहरूमध्येबाट राजन परियार, उदय माविका प्रधानाध्यापक विनोद रम्तेल, सीकेबीके क्याम्पसका प्रमुख माधव पण्डित, विश्वभरि मन्टेस्वरीका सञ्चालक सावित्री खड्का, श्रीप्रसाद न्यौपाने लगायतले क्याम्पसमा रहँदाको आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो। सो कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सह-प्राध्यापक डाक्टर रामकुमार अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसको विद्यार्थी गुनासो परामर्श एवं रोजगार प्रतिस्थापन समितिका संयोजक सहायक प्राध्यापक बिमल खत्रीले स्वागत गर्नुभएको थियो।
सो अवसरमा पूर्व विद्यार्थीहरूले क्याम्पस परिसरको बाजो जग्गामा चाप जातजातिका बिरुवा रूपेका गरेका थिए। उक्त अवसरमा आदिकवि भानुभक्त माध्यमिक विद्यालय र क्याम्पसका विद्यार्थीहरूले एकल तथा सामूहिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
पुरा फाेटाेकाे लागी : https://drive.google.com/.../1bfaHvuR3bV...