Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मेरो छोरीको भविष्य विषयक एक दिने छलफल कार्यक्रम

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पस अन्तर्गत सञ्चालित आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा \'मेरो छोरीको भविष्य\' विषयक एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ। सहिद चन्द्र नेपाली छात्रावासको बैठक कक्षमा भएको थियो । उक्त छलफल कार्यक्रम रुम टु रिडले आयोजना गरेको थियो। छलफलमा आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ४३ जना विद्यार्थीहरूका अभिभावकहरू सहभागिता रहेको थियो। छलफलमा विद्यालयका अभिभावक तथा रिसिङ गाउँपालिकाका उपाध्यक्ष गिनु थापा, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महा प्रसाद हड्खले, आदिकवि भानुभक्त माध्यामिक विद्यलय व्यावस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गानाको उपस्थिति रहेको थियो । कार्यक्रममा रूम टु रिड तनहुँका स्रोत व्यक्तिहरु मञ्जु जिसी, लक्ष्मी नेपाल र कलावती विमलीले छात्राहरूको भविष्यका बारेमा सहजीकरण गर्नुभएको थियो।