Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

प्रथम रिसिङ विज्ञान मेला सम्पन्न

News & Events Image

Published by: admin

2023-10-09

 प्रथम ऋषिङ विज्ञान मेला-२०८० शनिबार सम्पन्न भएको छ । उक्त मेलाको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त मेलामा ऋषिङ गाउँपालिका अन्तर्गतका माध्यमिक र आधारभूत गरी १२ वटा विद्यालय .हरुको सहभागिता रहेको थियो ।  मेलामा 'ग्रामीण विकासमा बिज्ञान-प्रबिधि प्रयोग'  विषयक बक्तित्वकला प्रतियोगिता, 'जलवायु परिवर्तनका असर' विषयक चित्रकला प्रतियोगिता र बिद्यार्थीहरुद्वारा तयार पारिएका बिज्ञान सामग्रीको प्रदर्शनी गरिएको थियो ।  उक्त विज्ञान मेला आदिकवि भानुभक्त क्याम्पस र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको थियो । मेला ऋषिङ गाउँपालिका स्थित वडा नम्बर ३ मा रहेको क्याम्पसको मितेरी एवं मनोरम सांस्कृतिक गाउँ दुबुङमा अवस्थित शान्ति माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो ।  मेलाको उद्घाटन गर्दै  ऋषिङ गाउँपालि-३ मा रहेको दुबुङ गाउँलाई क्याम्पसले मितेरी गाउँ घोषणा गरी उक्त गाउँको शैक्षिक, सांस्कृतिक, बातावरणीय एवं पर्यटकिय विकास र प्रवर्द्धन गर्ने कार्यक्रम अगाडि बढाएकोमा पलिकाको तर्फवाट क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पालिका अध्यक्ष श्रेष्ठले पालिका अन्तर्गतका विद्यालयहरुमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुमा विज्ञान र प्रविधि बिषयमा जागरण ल्याउने र उनीहरुको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्य लिएर क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नु एक उदाहरणीय कार्य भएको जनाउदै पलिकामा विज्ञान र प्रविधि बिषयको अध्यनलाई प्रभावकारि बनाउन र पालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आफूहरुले पालिकाको सम्पूर्ण स्रोतसाधन परिचालन गर्ने प्रतिवदुता प्रकट गर्नुभएको  थियो । मेलामेलाको उद्घाटन सत्रको अध्यक्षता गर्नुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसको मितेरी गाउँ दुवुङ र ऋषिङ गाउँपालिकाको शैक्षिक र पर्याटकिय विकास र प्रवर्द्धनमा पालिका र सरोकारवालाहरुलाई क्याम्पस परिवारको सदा साथ सहयोग रहने बताउनुभएको थियो ।    उक्त मेलालाई गाउँपालिका उपाध्यक्ष गिनु थापा, वडा नम्बर-३ का अध्यक्ष भिमबहादुर थापा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चीन बहादुर रानाभाट, शिक्षा शाखा प्रमुख सुभाष रानाभाट, क्याम्पस सञ्चालक समितिका सदस्यहरु मोहन गिरी र अपार पौडेल, शिव सरस्वती मावि विव्यास अध्यक्ष दानबहादुर श्रेष्ठ, आदिकवि भानुभक्त मावि विव्यास अध्यक्ष ऋषिराम ढुंगाना, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, महेन्द्रोदय माविका प्रअ दुर्गा बहादुर क्षेत्री, सरस्वती आवि, सोलुङ्गका प्रअ चित्रबहादुर थापा र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष गौरव पन्थ लगायतले सम्बोधन गर्नुभएको  थियो। मेलाको उद्घाटन कार्यक्रमको संचालन शान्ती मावि, दुबुङ प्रधानाध्यापक ऋषिराम रानाभाटले गर्नुभएको थियो । मेलाको सम्पूर्ण भौतिक व्यवस्थापन शान्ति माविका व्यावस्थापन समितिका पदाधिकारी सदस्य शिक्षक कर्मचारी र विद्यार्थीहरुले गर्नुभएको थियो ।  मेलामा आयोजित वक्तृत्वकला प्रतियोगितामा अमर माबि, दिपक मावि, शुक्ला मावि, शान्ती मावि, श्रृङ्ग मावि, भीरकोट आवि, सरस्वती आवि, सोलुङ, शिव सरस्वती मावि, सरस्वती आवि, चवादि, महेन्द्रोदय मावि, बालविकास माविका गरि ११ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।  बक्तृत्वकला प्रतियोगितामा सरस्वती आवि, चबादिका रुपा रानाभाट, दिपक माविका मनिषा श्रेष्ठ र सरस्वती माविका दीक्षा श्रेष्ठले क्रमशः प्रथम पुरस्कार रु ३ हजार द्वितीय पुरस्कार रु २ हजार र तृतिय पुरस्कार रु १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको मूल्यांकन समितिको संयोजक क्याम्पस सञ्चालक समितिका सदस्य एवं पर्यटनविद्, तनहुँ पर्यटन बोर्डका सचिब हरिसिंह गुरुङ र सदस्यहरुमा क्याम्पसका सा-प्रा तीर्थराज रानाभाट र क्याम्पसका पूर्व विद्यार्थी सङ्घका उपाध्यक्ष एवं मत्स्यकन्य आवि, व्यास-१ का शिक्षक चन्द्रावति हड्‌खले  रहनुभएको थियो ।   मेलामा 'जलवायू परिवर्तनका असर' शिर्षकमा भएको चित्रकला प्रतियोगितामा अमर माबि, दिपक मावि, शुक्ला मावि, शान्ती मावि, शिव सरस्वती मावि, भीरकोट आवि, सरस्वती आवि, सोलुङ, शिव सरस्वती मावि, सरस्वती आवि, चवादि, महेन्द्रोदय मावि, बालविकास मावि, वाल शिक्षा निकेतन र श्रृङ्ग माविका गरि १२ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।  चित्रकला प्रतियोगितामा दिपक माविका राजन आले, बालविकास माविका सुशील विक, शुक्ला माविका सुधीर छेत्रीले क्रमशः प्रथम पुरस्कार रु ३ हजार द्वितीय पुरस्कार रु २ हजार र तृतिय पुरस्कार रु १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको मूल्यांकन समितिको  संयोजकमा क्याम्पसका उप-प्राध्यापक रुपक श्रेष्ठ र सदस्यहरुमा प्रकाश गैहे र विज्ञान प्रयोगशाला सहायक कर्मचारी कबिता सुर्खाली रहनुभएको थियो ।  मेलामा विद्यार्थिले तयार गरेको विज्ञान सामाग्रिको प्रदर्शनी गरेका थिए ।  उक्त प्रदर्शनी प्रतियोगितात्मक रहेको थियो। प्रदर्शनीमा दिपक मावि, शुक्ला मावि, शान्ती मावि, शिव सरस्वती मावि, सरस्वती आवि चवादी, महेन्द्रोदय मावि, श्रृङ्ग माविका गरि ७ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।   प्रतियोगितामा शिव सरस्वती माबिका सुगम आले प्रथम, महेन्द्रोदय माविका बेलिसरा राना र सोनिसा थापा द्वितीय र शुक्ला माविका रोहित थापा तृतीय भएका थिए । विजेताहरुले क्रमशः प्रथम पुरस्कार रु ३ हजार द्वितीय पुरस्कार रु २ हजार र तृतिय पुरस्कार रु १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । बिज्ञान सामाग्रि प्रदर्शनि मूल्यांकन समितिको संयोजकमा क्याम्पस विज्ञान तथा प्रविधि विभागका प्रमुख उप-प्रा  राजन घिमिरे र सदस्यहरुमा उप-प्राध्यापक सागर न्यौपाने र क्याम्पस एविसि विज्ञान क्लवका अध्यक्ष अब्बास मिया सदस्य रहनु भएको  थियो ।  मेलामा पालिकाका जनप्रतिनिधि एवं कर्मचारी, पालिका अन्तर्गतका विद्यालयहरुका प्राधानाध्यापक र  विव्यास अध्यक्ष एवं प्रतिनिधि, विद्यालयका विज्ञान विषय शिक्षक एवं शिक्षक प्रतिनिधि, विद्यार्थी, अभिभावक, पालिका अन्तर्गतका विभिन्न सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधि र स्थानीय बासिन्दाहरु गरी ३८४ जनाले अवलोकन गरेका थिए । कार्यक्रमलाई ऋषिङ्ग गाउँपालिकाले ४० हजार रकम सहयोग गरेको थियो ।  गत भदौ १८ गते आदिकवि भानुभक्त क्याम्पस र दुबुङ गाउँका विचमा मितेरी सम्वन्ध कायम गर्ने सम्झौता भएको थियो ।  उक्त सम्झौतामा क्याम्पस का तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ क्याम्पस प्रमुख महाप्रसाद हडखले र ऋषिङ गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर थापा र दुबुङ होम स्टे व्यवस्थापन समितिका अध्यक्ष सिता थापाले हस्ताक्षर गर्नुभएको थियो ।  मेलाको अघिल्लो दिन शनिवार सांझ दुबुङका स्थानीय बासिन्दाहरु माझ जलवायु परिवर्तन र यसको असरका सम्बन्धमा तयार गरिएको वृत्तचित्र देखाईएको थियो। कार्यकममा  क्याम्पसको ३३ जनाको समूहको सहभागीता रहेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको सो टोलीमा क्याम्पसको सञ्चालक समितिका ५ जना, प्राध्यापक ६ जना र विज्ञान विषयमा कक्षा ११/१२ र स्नातक तहमा अध्यारत २२ जना विद्यार्थी सहभागी रहेका थिए। उक्त समूहलाई सांझ दुवुङ्ग होमस्टे व्यवस्थापन समिति र दुवुङ यूवा क्लवका अध्यक्ष पदाधिकारी, सदस्य र दुवुङका बासीहरुले स्थानिय कौरा, भ्याउरे र नचरी नांच देखाएर स्वागत गर्नुका साथै होमस्टेमा खाना खाजा र आवासको व्यावस्था मिलाएका थिए।