Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Revised Course Dissimination Programme

News & Events Image

Published by: admin

2024-02-02

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, डिनको, कार्यालय कीर्तिपुरको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा दुई दिने एम एड तहको चौथो सेमेस्टरको पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम शुक्रबारदेखि क्याम्पसमा सुरु हुने भएको छ । उक्त कार्यक्रमको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा. डा. चित्रबहादुर बुढाथोकीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रवोधिकरण कार्यक्रममा डिनको कार्यालयबाट खटीई आनुभएका जनार्दन घिमिरे र रविन्द्र शिवाकोटी २ जना विषय विज्ञ प्राध्यापकहरूले एक एक चौथो सेमेस्टरको कन्टेम्पोररी इस्यूज विषयको परिमार्जित पाठ्यक्रम सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ । समसामयिक मुद्दाहरु (कन्टेम्पोररी ईसुज) विषय अध्यापन गर्ने प्राध्यापकहरूलाई सो प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सो प्रवोधिकरण कार्यक्रममा गण्डकी प्रदेश र बागमती प्रदेशका स्नातकोत्तर तहमा एम एड तहको अध्ययन अध्यापन हुने २२ वटा क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहनेछ।