Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

सेमिनार पेपरको अन्तर्वार्ता र प्रस्तुति

News & Events Image

Published by: admin

2024-01-27

अर्थशास्त्रको समसामयिक मुद्दाहरू (Eco-205) विषयक एउटा पेपर छ विविए दोस्रो सेमेस्टरमा ।आज बिहान क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको अर्थशास्त्र विभागका प्रमुख ज्ञानमणी अधिकारी सर बाह्य सुपरिवेक्षक भएर विद्यार्थीहरूको सेमिनार पेपरको अन्तर्वार्ता र प्रस्तुति नियालिरहनु भएको थियो । साथमा थियौ विविए निर्देशक दिपा थापा, जनक काफ्ले, क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक र म आफु ! विद्यार्थीहरू एकपछि अर्को प्रस्तुति गर्न लागे।
। उनीहरूले सेमिनार पेपर, रिसर्च आर्टिकल र आर्टिकल रिभ्यु प्रस्तुत गरिरहेका थिए । उनिहरुले चयन गरेको शिर्षकहरु अत्यन्तै समसामयिक अर्थशास्त्रका मुद्दाहरूसँग जोडिएका थिए। हरूको प्रस्तुति हेर्दा आज उनीहरूले जुन आत्मविश्वास र विज्ञता प्रदर्शन गरे त्यो अत्यन्त गर्व गर्न लायक थियो। शुभकामना उनीहरुलाई ! त्यतिबेला खिचेको केही तस्बिरहरू !