Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मगर भाषाको संरक्षण र विकासका लागी मगर भाषा शिक्षण कार्यक्रम

News & Events Image

Published by: admin

2024-04-24

आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति बैठकको निर्णय बमोजीम क्याम्पसले मगर भाषाको संरक्षण र विकासका लागी मगर भाषा शिक्षण कार्यक्रम सुरु गर्न लागेको छ। यसै सन्दर्भमा आज क्याम्पस प्रमुखको कार्यकक्षमा मगर भाषा शिक्षण कार्यक्रमलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा मगर भाषाका विज्ञ इन्द्रबहादुर आले, क्याम्पस सञ्चालक समितिका आमन्त्रित सदस्य क्याप्टेन सोमबहादुर थापा,  बिबिए कार्यक्रमका निर्देशक दिपा थापा, बिआइसिटी कार्यक्रमका प्रमुख ई. घनबहादुर थापा समाज शास्त्र विषयका सहायक प्राध्यापक धनबहादुर थापा क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर र मगर विद्यार्थी सङ्घ, क्याम्पस इकाइका अध्यक्ष सोन आले मगरका बीचमा छलफल सम्पन्न भएको छ। सो अवसरमा मगर भाषा प्रशिक्षक प्रशिक्षणको उद्देश्य लिएर ४० क्रेडिट आवरको मगर भाषा पाठ्यक्रम तयार गर्ने, सो पाठ्यक्रमलाई विज्ञ र सरोकारवालाहरूको समूहमा छलफल गराई प्राप्त सुझावहरुलाई समेटि प्रस्तावित पाठ्यक्रमलाई सुधारेर लागू गर्ने, मगर भाषा सिक्न चाहने विद्यार्थीहरूको भर्ना सञ्चालन गर्ने, २० देखि ३० जनाको समूह भर्न लिने लगायतका विषयमा छलफल गरिएको थियो।