Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

क्याम्पसको वार्षिक खेल सप्ताह कार्यक्रमको तयारी बैठक

News & Events Image

Published by: admin

2024-02-12

आदिकवि भानुभक्त क्याम्पसको वार्षिक खेल सप्ताह कार्यक्रमको तयारी बैठकआइतबार अपरान्न अतिरिक्त क्रियाकलाप समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ। तयारी बैठकमा उक्त खेल सप्ताहमा खेलाइने १२ वटा खेल उपसमितिका  संयोजकहरूले हालसम्म भएको खेल आयोजनाको तयारीको बारेमा जानकारी गराउनु भएको थियो। उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पस-छाब्दि बाराही मिनी म्याराथन दौडको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । दौडको  स्वास्थ्यदेखि आस्थासम्म क्याम्पसदेखि मन्दिरसम्म भन्ने नारा राखिएको छ। दौड क्याम्पसको मूल गेटबाट शुरु भई छाब्दी बाराही मन्दिर परिसर सम्म टुङ्गिने छ। दौडमा जिल्लाका २६ वटा शैक्षिक संस्थाका २०० जना सहभागीहरूले भाग लिन नाम दर्ता गरेकाछन्। बैठकमा दौडका जानकारी संयोजक सहायक प्राध्यापक धनबहादुर थापा अनुरागले गर्नुभएको थियो । उक्त अवसरमा भलिबल खेलका संयोजक सहायक प्राध्यापक बुद्धकुमार श्रेष्ठ, ब्याडमिन्टन खेलका संयोजक उपप्राध्यापक विष्णुकुमार यादव, टेबल टेनिस खेलका संयोजक उपप्राध्यापक सागर न्यौपाने, कबड्डी खेलका संयोजक उपप्राध्यापक प्रकाश गैह्रे, १ सय मिटर दौड खेलका संयोजक सहायक प्राध्यापक चीज कुमार श्रेष्ठ , सर्टपुट खेलका संयोजक सहायक प्राध्यापक गोपाल ढुङ्गाना , हाइजम्प खेलका संयोजक सहायक प्राध्यापक रमेश गिरी, लङ जम्प खेलका संयोजक सहायक प्राध्यापक विष्णु हड्खले र घैटो फुटाई संयोजक सहायक प्राध्यापक नारायणी अधिकारीले खेलको तयारीको बारेमा जानकारी गराउनु भएको थियो । क्याम्पसले मिनी म्याराथन दौडमा प्रथम हुनेलाई १५ हजार द्वितीय हुनेलाई १० र तृतिय हुनेलाई ५ हजार पुरस्कार दिइने भएको छ। त्यसैगरी फुटबल खेलमा प्रथम हुनेले १० हजार द्वितीय हुनेले ५ हजार नगद पुरस्कार पाउनेछन्। त्यसैगरी भलिबल भलिबल खेलमा प्रथम हुनेले ६ हजार र द्वितीय हुनेले ४ हजार पुरस्कार पाउनेछन् । त्यसैगरी ब्याडमिन्टन खेलमा प्रथम हुनेले २ हजार द्वितीयले १ हजार नगद पुरस्कार पाउनेछन्। टेबल टेनिस खेलमा प्रथम र द्वितीयलाई क्रमश २ हजार पुरस्कार नगद राशि प्रदान गरिनेछ। कबड्डी खेलमा प्रथमलाई ५ हजार र द्वितीयलाई ३ हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ। डोरी तान्ने खेलमा प्रथम हुने समूहले ३ हजार ५ र द्वितीय हुने समूहले २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन्। १ सय मिटर दौडमा प्रथमलाई २ हजार र द्वितीयलाई १ हजार नगद पुरस्कार दिइनेछ। छेलो अथवा सर्टपुट हाइजम्प, लङजम र घैँटो फुटाई खेलमा मात्र प्रथम हुनेले  १/१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस वर्षको खेल सप्ताहका खेलहरू फागुन १ गतेबाट सुरु भई फागुन ६ गते समापन हुनेछन् । बैठकमा मिनि म्याराथन बाहेकका सामुहिक खेलहरूमा क्याम्पसका विभिन्न संकाय, तह र वर्षका १२५ वटा टिम दर्ता भएको जानकारी गराइएको थियो।