Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मगर भाषा प्रशिक्षण प्रशिक्षक

News & Events Image

Published by: admin

2024-07-22

आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा मगर भाषा प्रशिक्षण प्रशिक्षक सम्बन्धी पूरक पाठ्यक्रमपूरक पाठ्यक्रमको पठनपाठन आइतवार क्याम्पसमा सुरु भएको छ । यस पूरक पाठ्यक्रमलाई भाषा क्याम्पसले तालिमको रूपमा तालीमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक समाजशास्त्री तथा मगर भाषा विज्ञ प्राज्ञ डा. विष्णु सिंजालीले उद्घाटन गर्नुभएको थियो। पुरक पाठ्यक्रम बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म ७ दिन सम्म जन्म ४८ घण्टा सञ्चालन हुनेछ। ६ जना मगर भाषाका विज्ञहरूले सहभागीहरूलाई तालिममा प्रशिक्षण दिनुहुनेछ। तालिमको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ। क्याम्पसले यस वर्ष ४ छुट्टाछुट्टै विषयमा पूर्व पाठ्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
कम्तिमा कक्षा १२ उत्तीर्ण गरेका ३० जना प्रशिक्षार्थीहरूले उक्त तालिममा भाग लिइरहेका छन् । तालिम लिनेहरूमा ७०% क्याम्पसका विद्यार्थीहरू र ३०% समुदायका व्यक्तिहरू रहेका छन्। गण्डकी र सुदूरपश्चिमका जिल्लाका मगरभाषी समुदायका युवाहरू सोतालीमा सहभागी रहेका छन् ।
क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समितिले उक्त तालिमको व्यवस्थापन गरेको हो । उक्त समितिको संयोजकमा क्याम्पस सञ्चालक समितिका सदस्य क्याप्टेन सोमबहादुर थापा को अध्यक्षतामा तालिमको उद्घाटन सत्र सञ्चालन भएको थियो। सो पाठ्यक्रमको निर्माण मगर भाषा विज्ञ इन्द्रबहादुर थापाले गर्नुभएको थियो।
तालिमको उद्घाटन पश्चात् बोल्दै प्रमुख अतिथि डाक्टर सिन्जालीले आदिवासी जनजातिको भाषा एवं संस्कृति राज्यको ठूलो पहिचान र संस्कृत सम्पत्ति भएको बताउँदै जनजातिहरूले मातृभाषा र संस्कृती स संरक्षण गर्दै आए पनि राज्यले क्याम्पस तथा विश्वविद्यालयमा आदिवासी जनजातिको भाषा एवं संस्कृतिको अध्ययन अध्यापन र सो सम्बन्धमा सो तथा अनुसन्धानको वातावरण बनाउन नसकेको बताउनुभएको थियो।सास्कृतिक सम्पदा कुनै समुदायको मात्र नभइ राज्यको राष्ट्रिय सम्पदा भएकाले त्यसैले राज्यले नै संरक्षण र प्रबर्द्धन गर्नु पर्ने र चासो भने समुदायले राख्नुपर्ने कुरामा डाक्टर सिन्जालीले जोड दिनुभएको थियो।
तालिमको औचित्यको बारेमा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हडखलेले समुदाय र सरोकारवाला संघ सस्थाले चासो नदिदा आदिवासी जनजाति समुदायकोअन्य भाषा र संस्कृति जस्तै मगर मातृभाषा पनि लोपोन्मुख अबस्थामा पुग्न लागेको र यस्लाई संक्षण गर्न अत्यावश्यक देखिएको हुदा क्याम्पसले मगर बिद्यार्थी र समुदायका मगर भाषी युवाहरूलाई मगर भाषाको प्रशिक्षक बनाउन मगर भाषाको पूरक पाठ्यक्रम तयार गरी प्रशिक्षक प्रशिक्षण तालिम दिएर रोजगारी सृजना गर्ने र मगर भाषा तथा संस्कृति संरक्षणमा लाग्ने कामको सुरुवात गरेको बताउनु भएको थियो ।
सो अवसरमा बोल्दै नेपाल मगर संघ केन्द्रीय निर्वाचन संयोजक सिद्धान्त गर्जामगरले दुई वा दुई भन्दा बढी भाषालाई स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाउन संविधानमा उल्लेख भए पनि तनहुको कुनै पनि पालिकाले मगर भाषा लगायत जनजातीका भाषालाई स्थानीय कामकाजको भाषा नबनाएकोमा दुख ब्यक्त गर्दै, आधारभुत तह सम्म रैथाने भाषामा औपचारिक शिक्षा हुनु पर्ने कुरालाई जोड दिनुभएको थियो ।
कार्यक्रममा आदिवासी जनजाति महासघ, तनहुका पुर्ब अध्यक्ष शंकर नारायण श्रेष्ठले उच्च शैक्षिक संस्थामा यस किसिमको जनजातिको भाषासम्बन्धी प्रशिक्षण कार्यक्रम पहिलो भएको र पहिचानको जगेर्नाका लागिल सस्कृती सङ्गै प्रकृतीलाई समेत संरक्षण गर्न शैक्षिक संस्थाहरू र जनजाति समुदाय अगाडि आउनुपर्ने र्बताउनुभएको थियो ।
सो अवसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले ठूलो हिस्सामा समुदायका आदिवासी जनजाति विद्यार्थी अध्ययन गर्ने आदिकवि भानुभक्त क्याम्पसले समुदायको भाषा र संस्कृतिको संरक्षणका लागि ठोस कार्यक्रमहरू अगाडि सार्दै आएको र समुदायले पनि यस क्याम्पसको विकास र विस्तारमा स्थापनाकालदेखि सहयोग गर्दै आएको आगामी दिनमा यो सहकार्य अझ घनिभूत रुपमा अगाडि बढाउनु आवश्यक रहेको बताउनुभएको थियो।
उक्त उद्घाटन कार्यक्रममा क्याम्पसका समाजशास्त्रका सह प्रध्यापक तिल बहादुर थापामगर लगायतले उद्घाटन सत्रमा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।भने समाजशास्त्रका सहायक प्राध्यापक एवं लोकगायक अनुराग थापामगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।